‘शिक्षा सुधार्ने हो भने म शिक्षक बन्छु भन्नुपर्छ’ « Khabarhub

‘शिक्षा सुधार्ने हो भने म शिक्षक बन्छु भन्नुपर्छ’

सरकारी शिक्षकको एउटा परिचय पत्र पनि सरकारले बनाउँदैन !


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामुदायिक विद्यालयको कुराहरू धेरै नकारात्मक आएका छन्। विगत १६-१७ वर्षदेखि नै यो क्षेत्रमा काम गरेको अनुभव मसँग छ। सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा जहाँ राखेको छ त्यहाँ अरू अतिरिक्त विषय पनि राखेको छ। कक्षा ९ मा धेरै स्कुलहरूले अतिरिक्त गणित र कम्प्युटर कोर्स राखेका छन्।

तर त्यो अतिरिक्त गणित विषय पछि विज्ञान पढ्दाबाहेक जहाँ गए पनि प्रयोग हुँदैन। त्यसैले मैले यो ठाउँमा एउटा व्युटिसियन कोर्स राख्थेँ। यसले गर्दा केटीहरू कसरी सफा रहने भन्ने बारेमा जानेका छन्, सिकेका छन्। सुरुवात गर्दा आफै सबै ढोकाहरू आफै खुल्छन्।

सरकारी विद्यालयको विद्यार्थीहरू किन इंग्लिस बोल्न जान्दैनन् ? शिक्षक राम्रो हुनुहुन्छ त ? विद्यार्थीहरू बोल्न र बुझ्न नै सक्दैनन्। त्यसको लागि शिक्षकलाई कसरी पढाउँदा विद्यार्थीहरूले सिक्छन् र बुझ्छन् त्यो कुरामा ध्यान दिनुपर्छ होला। हामीले त्यता पनि ध्यान दिनुपर्छ कि ?

काठमाडौँ महानगरपालिकासँग ‘गोल्डेन ह्यान्डसेक’ गर्ने भनेको उताबाट कर्मचारीहरूलाई त्यसमा कुनै चासो नै छैन। किनभने त्यसमा पैसा खर्च हुन्छ। त्यो किन गर्ने भन्ने छ। त्यसैले सामुदायिक शिक्षालाई अगाडी बढाऊ भन्ने उहाँहरूको योजना नै छैन।

एक चोटि स्कुल ल्याइदियो। त्यसपछि प्रत्येक वर्ष उहाँहरूले टेन्डर खोल्नु हुन्छ। त्यसपछि बन्द। किनभने स्थानीय सरकारले त्यसलाई रद्द गरिदियो। दुई वर्ष भइसक्यो। हामीले स्थानीय सरकारबाट सहयोग पाएका छैनौँ। सबै निःशुल्क भनिएको छ तर कार्यान्वयन भएको छैन। त्यो कसले हेर्ने त ?

मूल्यांकनको बाटो हेर्दा १ देखि ३ कक्षासम्म सरकारले सम्पूर्ण परीक्षा आन्तरिक मूल्यांकनबाट गर्ने भनिएको छ। तर पनि अभिभावकहरूले परीक्षा नलिइए हाम्रो बच्चा कसरी पास भयो भन्ने छ। त्यसैले सरकारले दिएको कति योजनाहरू हामीले कार्यान्वयन गर्न सकेका छैनौँ।

सामुदायिक विद्यालयका शिक्षकहरूलाई पनि एउटा आइडी कार्ड बनाइयोस् भनेर कति भन्यौ। तर त्यो अहिलेसम्म पाएको छैन।

हेड टिचर भनिएको छ। तर सबै ठाउँमा काम गर्नु परेको छ। भवन निर्माणमा पनि र अभिभावक मिलाउन पनि। सबै ठाउँमा त्यसको लागि त हामी लगानी गछौँ तिमी काम गर भन्नु पर्‍यो नि। एउटा जिम्मेवार हेडमास्टर बनाउनुपर्‍यो। दशतिरको बोझ बोकेर हेडमास्टरले राम्रो काम गर्न सक्दैन।

यदि साँच्चै सामुदायिक विद्यालय बनाउने हो भने जसरी डाक्टर इन्जिनियर बन्छु भनिन्छ, त्यसरी कुनै विद्यार्थीले म शिक्षक बन्छु भन्दैन। लास्टमा केही भएन भने ठिकै छ भनेर शिक्षण पेसामा आउने चलन छ। त्यसो भन्नु भएन। अरू भन्दा महत्त्वपूर्ण पेसाको रूपमा सुधार गर्न के गर्नु पर्दछ, त्यता कसैको ध्यान गएको पाइँदैन। सार्वजनिक शिक्षाको सबैभन्दा ठूला विडम्बना नै यही भएको छ।

(खबरहबले आयोजना गरेको ‘संघीय शिक्षा ऐन र संघीयतामा शिक्षाको सुधार’ कार्यक्रममा काठमाडौँको पद्मकन्या माविकी प्रधानाध्यापक रिता तिवारीले राखेको धारणाको सम्पादित अंशः प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

https://www.facebook.com/watch/?v=1165202441054064

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  २ : १५ बजे

इरान युद्धले अमेरिकी हतियार भण्डारमा दबाब

एजेन्सी- इरानविरुद्ध सञ्चालन गरिएको सैन्य अभियानका कारण अमेरिकी रणनीतिक हतियार भण्डारमा

बाढीमा क्षतिग्रस्त त्रिशूलीका झोलुङ्गे पुल मर्मत थालियो (तस्बिरहरू)

नुवाकोट– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने