गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : गुरुङ « Khabarhub

गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : गुरुङ


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

लमजुङ – गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बन्ने बताएका छन्।

शान्तिटोल तमु आमा तथा बाबा समूह बेसीशहर ७ मा निर्मित भवनको शनिबार उद्घाटन गर्दै गुरुङले प्रदेशको विकासको लागि आफू पुनः मुख्यमन्त्री बन्ने योजना सुनाए।

अर्को एक प्रसंगमा नेता गुरुङले ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको नेपालको संविधान २०७२ युरोप अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको भन्दा अब्बल भएको दाबी पनि गरे।

‘संघीय शासन नआएको भए मधेशी, जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सक्ने आधार नै थिएन’, उनले भने। संघीयताका कारण गाउँ गाउँसम्म ठूलो बजेट विनियोजन गर्न सकिएको उनले बताए। नेता गुरुङले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टी भन्दा पनि विकास प्रेमी नेतालाई जिताउन आग्रह गरे।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : ४४ बजे

एनसेल र नेपाल मेडिसिटी अस्पतालबीच साझेदारी, ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

काठमाडौं– एनसेल र नेपाल मेडिसिटी अस्पतालले एनसेलका ग्राहकलाई निःशुल्क चिकित्सक परामर्श सेवा

ग्लोबल आइएमई बैंकले ल्यायो विशेष अटो लोन सुविधा

काठमाडौं– नयाँ सवारीसाधन खरिद गर्ने तयारीमा रहेका ग्राहकलाई लक्षित गर्दै

सङ्खुवासभा गोल्डकप फुटबल आगामी कात्तिकमा

सङ्खुवासभा– सङ्खुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा सङ्खुवासभा गोल्ड कप फुटबल प्रतियोगिता

दुई अर्ब ३१ करोड राजस्व संकलन

कञ्चनपुर– आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले गत आर्थिक वर्षमा दुई अर्ब ३१

चाँगुनारायणको कलश हनुमानढोका ल्याइयो (तस्बिरहरु)

काठमाडौं– चाँगुनारायणको परम्परागत कलश यात्रा अन्तर्गत आज साउन शुक्ल द्वादशीका