मेवाको पातले बढ्दै छ स्वास्थ्य समस्या « Khabarhub

मेवाको पातले बढ्दै छ स्वास्थ्य समस्या

जथाभावी औषधि प्रयोग नगर्न चिकित्सकको सुझाव



पछिल्लो समय देशभर डेंगु संक्रमितको संख्या उकालो लागिरहेको छ। डेंगु संक्रमण फैलिएसँगै यसको उपचारमा बारेमा अनेकौँ भ्रम फैलिँदै गएका छन्। डेंगु रोग निको हुन्छ भन्दै विभिन्न एन्टिबायोटिक र दुखाइ कम गर्ने औषधि सेवन गर्ने बिरामी पनि बढ्दै गएका छन्। अर्काेतिर डेंगु संक्रमणले रगतमा घटेको प्लेटलेट्स बढाउन भन्दै डेंगुका बिरामीले आफूखुसी मेवाको पात खाने प्रवृत्ति पनि बढेको छ। जसले गर्दा समस्या झनै बढेको चिकित्सकले बताएका छन्। यसैको उदाहरण बनिन्, सितापाइलाकी सावित्री कार्की। उनलाई डेंगु भएको एक हप्ता भइसकेको थियो। ‘घरबाट मेवाको पात पठाइदिनु भयो। मैले नजिकका सबैलाई मेवाको पात पकाएर खान भने’, उनले भनिन्। मेवाको पात खाने बित्तिकै केही राहत भएको अनुभव थियो तर, भोलिपल्टबाट अझ गाह्रो बनायो। ‘त्यो खाएको भोलि पल्ट त बेडबाट उठ्नै नसक्ने भएँ। उल्टै अस्पतालमा भर्ना भएर बस्नु पर्याे। मैले जस्तै भथाभावी मेवाको पात कसैले नखानु होला’, उनले भनिन्।

मेवाको पात आफूखुसी खानु हुँदैन : डा. ज्ञवाली
नेपाल आयुर्वेद चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. प्रकाश ज्ञवालीले मेवाको पातले रगतमा घटेको प्लेटलेट्स बढाए पनि जथाभाबी रूपमा मेवाको पात खाँदा समस्या बढ्ने बताएका छन्।

उनी भन्छन्, ‘मेवाको पातले रगतमा घटेको प्लेटलेट्स बढाउने रिर्सचले पनि देखाएको छ। तर, जथाभाबी खाँदा यसले नकारात्मक असर गर्छ। कतिले त मेवाको पात खाएर उल्टै अस्पताल भर्ना हुनु परेको छ,।’

मेवा पनि सबै एकै प्रकारको हुदैन्, लोकल र हाइब्रिडले गर्ने काम पनि फरक फरक हुने उहाँको भनाइ छ। कुनै पनि औषधि खाँदा त्यसको कति मात्रा खाने भन्ने हुन्छ, मात्रा अनुसार खाएमा स्वास्थ्य समस्या हराउँछ तर मात्रा मिलाएर नखाए उल्टो थप समस्या हुने उनको भनाइ छ।
चिकित्सकको सिफारिस बिना औषधि खाँदा फाइदा नभएर उल्टै बेफाइदा गराउने डा. ज्ञवालीले बताए।

यसरी जथाभाबी मेवाको पात खाँदा पेट बाउँडिने तथा उल्टी हुने शरीर धेरै गल्ने समस्याका साथै पछि गएर कलेजो तथा पेटमा समस्या ल्याउन सक्ने ज्ञवालीले सुनाए।

उनी भन्छन्, ‘मेवाको पातको जथाभाबी सेवनले बान्ता हुने, पेट काट्ने, पेट दुख्ने, पेट बाउँडिने जस्तो समस्या देखिने र पछि गएर कलेजो तथा पेटमा समस्या आउन सक्छ।’ मेवाको पातको पनि सिरप र ट्याब्लेटमा प्रशोधित गरेर औषधिको रूपमा बजारमा आएको छ। त्यसमा कुन व्यक्तिले कति मात्रामा खाने भनेर उल्लेख गरिएको हुँदा चिकित्सकको सुझावमा मात्र औषधि खानु राम्रो हुने उनको भनाइ छ।

आफूखुसी औषधि खाँदा समस्या बढ्दै
सर्वसाधारणले आफूखुसी औषधि किनेर खाँदा स्वास्थ्यमा थप जटिलता निम्तिएको भन्दै जथाभाबी दुखाइ कम गर्ने औषधि किनेर नखान सरुवा रोग विशेष डा. जनक कोइरालाले अनुरोध गरेका छन्।

‘अहिले धेरैले जिउ दुख्यो भनेर फेलेक्सन, ब्रोफिन जस्तै औषधि खाँदा रगतमा समस्या देखिन थालेको छ। प्लेटलेट्सले रगत जमाएर रक्तस्राव हुन दिँदैन त्यस्ता औषधिले रगत जम्न घटाउने हुँदा थप जटिलता बढाउँछ’, डा. कोइरालाले भने। टाउको दुख्ने, ज्वरो जस्ता लक्षण देखिँदा पारा सिटामोल खान सकिन्छ। त्योबाहेक अन्य दुखाई कम गर्ने औषधिले डेंगुका बिरामीमा थप जटिलता उत्पन्न गर्ने उनको भनाइ छ।

अस्पताल जानु पर्ने अवस्था
डेंगुमा पनि निश्चित वा विशेष लक्षण देखिए अस्पताल भर्ना हुनुपर्ने संकेतका रूपमा लिन सकिन्छ। तारन्तार वान्ता हुनु, अत्यधिक पेटको दुखाइ हुनु, नाक, गिजा वा शरीरका अरू ठाउँबाट रगत बग्नु डेंगुका लक्षण हुन्। यसका साथै दिसा पिसाब वा वान्तामा रगत देखिनु, बेचैन हुनु, श्वास प्रश्वासमा कठिनाइ हुनुलाईसमेत डेंगुका लक्षण मान्न सकिन्छ। यस्ता लक्षण संक्रमितमा देखिए तुरुन्त अस्पताल लान चिकित्सकले सुझाव दिएका छन्।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  २ : ४६ बजे

आइसीसी टि–२० विश्वकप : अमेरिकालाई हराउँदै भारतको विजयी सुरुवात

काठमाडौं – आइसीसी टि–२० विश्वकप २०२६ मा भारतले विजयी सुरुवात

सुर्खेतबाट ‘खतरनाक खोपडी’ समूहका २५ पक्राउ

कर्णाली – सुर्खेत प्रहरीले वीरेन्द्रनगरमा कालो झण्डासहित मोटरसाइकल र्‍याली निकाल्ने

सर्लाहीमा लक्ष्यभन्दा बढी बालबालिकालाई दादुरा विरुद्धको खोप

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले सर्लाहीको मङ्गलवा नगरपालिकामा लक्ष्यभन्दा

गुल्मीमा ४८ मतदानस्थल अतिसंवेदनशील सूचीमा

गुल्मी – यहाँका ४८ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा रहेका छन्

निर्वाचन प्रहरीको भूमिका महत्वपूर्ण छः गृहमन्त्री अर्याल

नुवाकोट – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने