जबरासँग महाभियोग समितिले आज पनि बयान लिँदै  | Khabarhub Khabarhub

जबरासँग महाभियोग समितिले आज पनि बयान लिँदै 


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिँदै छ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा मध्याह्न साढे १२ बजे सुरु हुने आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहनेछ । समितिले ४२ वटामध्ये यसअघि १२ वटा प्रश्न सोधिसकेको छ।

महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन्। मीनबहादुर विश्वकर्मा, शिवमाया तुम्बाहाम्फे, विष्णु पौडेल, लालबाबु पण्डित, कृष्णभक्त पोखरेल, यशोदा सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, कल्याणी खड्का, प्रमोद साह र एकवाल मियाँ सदस्य रहेका छन्।

संसदले महाअभियोगमाथि छानबिन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ। प्रतिनिधिसभाको कार्यकाल असोज २ गतेदेखि सकिने भए पछि महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय हुन्छ या अर्को सदनमा लैजान मिल्छ भन्ने निर्क्योल भइसकेको छैन।

जबराविरुद्ध गत फागुन १ गते ९८ जना सांसदले महाभियोगको प्रस्ताव संसदमा दर्ता गराए पछि उनी स्वतः निलम्बनमा परेका छन्।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : ५० बजे

महदेवा गाउँपालिका पूर्व अध्यक्ष यादवको निधन

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका पूर्व अध्यक्ष दीपककुमार यादवको ६८

बालुवाटारमा ओलीको बोली : ईश्वरले बाटो बिराए, विद्याबाहेक एमालेमा मलाई चुनौती दिने कोही छैन

काठमाडौँ- दशौँ केन्द्रीय कमिटीको बैठक स्थगित गरेका नेकपा एमालेका अध्यक्ष

नेपाल–चीन सम्बन्ध मित्रता र आपसी विश्वासमा आधारित छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता एवं

बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बारा – बारामा बाघको आक्रमणमा परी कृष्णप्रसाद शर्माको मृत्यु भएको

एमाले महाधिवेशन तयारी तीव्र पार्न महासचिवको पोखरेलको निर्देशन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले दोस्रो