जबरासँग महाभियोग समितिले आज पनि बयान लिँदै  « Khabarhub

जबरासँग महाभियोग समितिले आज पनि बयान लिँदै 


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग महाभियोग सिफारिस समितिले आज पनि बयान लिँदै छ।

सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा मध्याह्न साढे १२ बजे सुरु हुने आजको बैठकमा पनि जबराविरुद्धको आरोपमाथिका प्रश्नको जवाफ माग्ने क्रम जारी रहनेछ । समितिले ४२ वटामध्ये यसअघि १२ वटा प्रश्न सोधिसकेको छ।

महाअभियोग सिफारिस समितिमा ११ सदस्य छन्। मीनबहादुर विश्वकर्मा, शिवमाया तुम्बाहाम्फे, विष्णु पौडेल, लालबाबु पण्डित, कृष्णभक्त पोखरेल, यशोदा सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, कल्याणी खड्का, प्रमोद साह र एकवाल मियाँ सदस्य रहेका छन्।

संसदले महाअभियोगमाथि छानबिन गरेर प्रतिवेदन बुझाउन तीन महिनाको समय दिएको छ। तर, समितिले एक महिना पनि काम गर्न नपाउने भएको छ। प्रतिनिधिसभाको कार्यकाल असोज २ गतेदेखि सकिने भए पछि महाअभियोग प्रस्ताव स्वतः निष्क्रिय हुन्छ या अर्को सदनमा लैजान मिल्छ भन्ने निर्क्योल भइसकेको छैन।

जबराविरुद्ध गत फागुन १ गते ९८ जना सांसदले महाभियोगको प्रस्ताव संसदमा दर्ता गराए पछि उनी स्वतः निलम्बनमा परेका छन्।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : ५० बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा