एसका केन्द्रीय सदस्य एवं प्रेस चौतारीका पूर्वअध्यक्ष चापागाईँ एमालेमै फर्के « Khabarhub

एसका केन्द्रीय सदस्य एवं प्रेस चौतारीका पूर्वअध्यक्ष चापागाईँ एमालेमै फर्के


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईँ नेकपा एमालेमै फर्केका छन्।

एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निवास बालकोटमा आइतबार चापागाईँलाई खादा लगाई पार्टीमा स्वागत गरे। रुपन्देहीको बुटवल निवासी चापागाईँ पुराना पत्रकार हुन्।

एमालेका पुराना कार्यकर्ता चापागाईँ गत वर्ष पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए। एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईँ उक्त पार्टीको अर्थ तथा योजना विभागको उपप्रमुख र रुपन्देही जिल्लाको निवर्तमान सह इन्चार्ज थिए।

एमालेमै फर्केपछि डा. चापागाईँले नेपालको राजनीति एकातिर वामपन्थी, प्रगतिशील र अर्कोतर्फ दक्षिणपन्थी, पुँजीवादी गरी दुई ध्रुव विभाजित रहेको र वामपन्थी, प्रगतिशील धारको नेतृत्व एमाले र यसका अध्यक्ष केपी ओलीले मात्र गर्न सक्छन् भन्ने निष्कर्षका साथ आफू पुरानै पार्टीमा फर्किएको बताए।

मुलुकले अग्रगमन र राजनीतिक स्थायित्व चाहिरहेको र त्यो एमालेले गर्न सक्छ भन्दै चापागाईँले एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा विकास गर्न पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताए।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ११ : ५६ बजे

इन्द्रजात्राको अन्तिम दिन महिलाले ताने रथ, मन्त्रीहरू पनि पुगे वसन्तपुर

काठमाडौं– इन्द्रजात्राको अन्तिम दिन आज मंगलबार महिलाहरूले गणेश, भैरव र

लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यका ट्राफिक प्रहरीले लामो दूरीमा सञ्चालन

कास्कीमा कांग्रेस महाधिवेशनको रौनक (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर–३

किसान सूचीकरणमा तीन लाख किसान थपिए

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीको पहलपछि पछिल्लो समय