कृषि क्षेत्रलाई नै प्राथमिकतामा राख्दै आन्तरिक उत्पादनमा वृद्धि गर्नुपर्छ : अध्यक्ष दाहाल | Khabarhub Khabarhub

कृषि क्षेत्रलाई नै प्राथमिकतामा राख्दै आन्तरिक उत्पादनमा वृद्धि गर्नुपर्छ : अध्यक्ष दाहाल


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब आफ्नो संकल्प विकास र समृद्धि, शान्ति र स्थायित्व भएको बताएका छन् ।

आइतबार काठमाडौँमा दोस्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफूले राजनीतिक लडाइँको नेतृत्व सफलतापूर्वक सम्पन्न गरेकाले अव सम्पूर्ण ध्यान संकल्प विकास र समृद्धि, शान्ति र स्थायित्वमा केन्द्रित हुने बताएका हुन्।

उनले आफ्नै नेतृत्वमा ठूला ठूला परिवर्तन स्थापित भएको र अब विकास र समृद्धिका लागि बाँकी जीवन व्यतीत गर्ने चाहना रहेको जिकिर गरे । प्रचण्डले मुलुकको आर्थिक विकासका लागि स्रोत र सधानको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे।

नेपालको राजनीतिक वातावरण र नेतृत्वको इच्छाशक्तिको अभावका कारण स्रोत र साधनको प्रयोग गर्ने भिजन र योजना तथा कार्यक्रम बन्न नसकेको प्रचण्डले बताए। उनले अहिले आयात बढ्दै जानु निकै चिन्ताको विषय भएको भन्दै कृषि क्षेत्रलाई नै प्राथमिकतामा राख्दै आन्तरिक उत्पादनमा वृद्धि गर्नुपर्ने धारणा राखे।

त्यस्तै प्रचण्डले मुलुकको विकासका लागि भौतिक पूर्वाधार मात्रै नभई डिजिटल पूर्वाधार आवश्यक रहेकाले यसमा युवाहरूको विशेष ध्यान जानुपर्ने बताए।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  २ : ३८ बजे

भारतविरुद्ध ट्रम्पको थप कडा कदम, भन्सार महसुल ५० प्रतिशत पुर्‍याए

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सबै

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको

भुटानसँग बराबरीमा रोकियो नेपाल

काठमाडौं – एएफसी यू–२० महिला एसियन कप छनोट अन्तर्गत नेपाल

बङ्गलादेशमा सडक दुर्घटनाः एउटै परिवारका ७ जनाको मृत्यु

ढाका – बङ्गलादेशको दक्षिण–पूर्वी नोआखाली जिल्लामा भएको एक भीषण सडक

विद्यालय जान घरबाट निस्किएका तनहुँका तीन किशोरी पोखरामा भेटिए

तनहुँ – तनहुँ भानु नगरपालिका–२ भकुन्थोकबाट बेपत्ता भएका तीन किशोरी