चार्ल्स तृतीय अष्ट्रेलिया र न्युजिल्याण्डको राजा घोषित | Khabarhub Khabarhub

चार्ल्स तृतीय अष्ट्रेलिया र न्युजिल्याण्डको राजा घोषित


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चार्ल्स तृतीयलाई अष्ट्रेलिया र न्युजिल्याण्डको पनि राजा घोषित गरिएको छ । बेलायतसहित १४ वटा मुलुकको राष्ट्रप्रमुख रहेका चार्ल्सलाई औपचारिक रुपमा अष्ट्रेलिया र न्युजिल्याण्डको राजा घोषित गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

न्युजिल्याण्डको राजधानी वेलिङ्टनस्थित संसद् भवनमा चार्ल्सलाई राजा घोषित गरिएको हो । नयाँ राजा घोषणा समारोहलाई सम्बोधन गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले अब महारानी एलिजावेथ द्वितीयका छोरा ‘श्री ५ महाराज चार्ल्स तृतीय हाम्रा सार्वभौम’ रहेको बताएकी हुन् ।

प्रधानमन्त्री आर्डेनले महारानीको निधनबाट न्युजिल्याण्ड ‘परिवर्तनको समयमा प्रवेश गरेको’ समेत टिप्पणी गरिन् ।

‘राजा चार्ल्सले अविच्छिन्न रुपमा हाम्रो राष्ट्रप्रति स्नेह दर्शाउनुभएको छ ।’ प्रधानमन्त्री अर्डेनलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ, ‘यस सम्बन्धलाई हाम्रा जनताले धेरै महत्व दिएका छन् । मलाई शंका छैन, यो अझ गहिरो हुनेछ ।’

यता अष्ट्रेलियामा भने बेलायती राजाका प्रतिनिधि गभर्नर जनरल डेभिड हर्लीले चार्ल्सलाई अष्ट्रेलियाका नयाँ राजा घोषणा गरेका छन् । राजधानी क्यानबेरास्थित संसद् भवनमा चार्ल्सलाई नयाँ राजा घोषित गरिएको हो ।

घोषणा समारोहमा २१ तोप पड्काए नयाँ राजालाई सलामी दिइएको थियो ।

यसअघि अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सेप्टेम्बर २२ मा महारानीको निधनमा शोक मनाइने एवम् त्यसदिन सार्वजनिक विदा दिइने घोषणा गरेका थिए ।

प्रधानमन्त्री अल्बानिजले आफू बिहीबार लण्डन प्रस्थान गर्ने र सेप्टेम्बर १९ मा आयोजना हुने महारानीको अन्त्येष्टीमा सहभागी भई सेप्टेम्बर २१ मा स्वदेश फर्कने समेत जानकारी दिएको रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ३ : ३८ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको