तातोपानी नाका खुलाउन चिनियाँ अधिकारीसँग छलफल भइरहेको छ : परराष्ट्रमन्त्री खड्का « Khabarhub

तातोपानी नाका खुलाउन चिनियाँ अधिकारीसँग छलफल भइरहेको छ : परराष्ट्रमन्त्री खड्का


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसँगको तातोपानी नाकालाई सहज रूपमा खुल्ला गर्न आफूले निरन्तर चिनियाँ अधिकारीसँग  छलफल गरिरहेको बताएका छन्।

आइतबार कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरूको टोलीसँगको छलफलका क्रममा मन्त्री खड्काले उक्त नाकालाई सहज रूपमा सञ्चालनका लागि आफूले पटक पटक चिनियाँ अधिकारीसँग छलफल गरेको बताएका हुन्।

उनले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज भए पनि पछिल्लो समय देखिएको विभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे। तिब्बतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुल्ला गर्नका लागि आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइएको उनले बताए। उनले आपूर्ति सहज गर्नका लागि आफू प्रयत्नरत रहने र सकारात्मक नतिजा निस्कने उल्लेख गरे।

त्यस्तै कांग्रेस नेता बस्नेतले नेपाली व्यापारीहरूले करौडौ लगानी गरेर सामान खरिद गरेर नेपाल भित्राउन नपाउँदा व्यवसायीहरू मर्कामा परेको बताए । उनले नेपाल सरकारको पहलमा चीनले समान भित्राउन सहजीकरण गर्ने विश्वास व्यक्त गरे।

सो क्रममा व्यवसायीहरूले विनाशकारी भूकम्पअघिको अवस्थामा तातोपानी नाकालाई सञ्चालनका लागि राज्यले गम्भीर भएर चीनसँग वार्ता गर्नुपर्ने बताएका थिए । यसअघि शनिबार केही कन्टेनरहरू सो नाका हुँदै नेपाल भित्रिएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ३ : ५७ बजे

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन

केप भर्डेका गोलकिपर भोजिन्हामाथि इन्टर मियामीको नजर

काठमाडौं – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेर चर्चामा