नेपाललाई १० वर्षभित्र विकासको गतितर्फ लान सक्ने सम्भावना छ : प्रचण्ड « Khabarhub

नेपाललाई १० वर्षभित्र विकासको गतितर्फ लान सक्ने सम्भावना छ : प्रचण्ड


२६ भदौ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई १० वर्षभित्र साँच्चिकै विकासको गतितर्फ लान सक्ने सम्भावना भएको बताएका छन् ।

राजधानीमा आइतबार आयोजित युवा समिट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले चाहेमा चमत्कार गर्न सकिन्छ। हामी राजनीतिलाई अब विकास र समृद्धिका लागि लाग्न सक्छौँ। देशलाई १० वर्षमै साँच्चिकै समृद्ध बनाउन सक्छौँ।’

देशको आर्थिक स्थिति बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्ने उनको भनाइ थियो । देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि भएको बताउँदै प्रचण्डले भने, ‘पछाडि धकेलिँदै गएको देशको अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरूको विकास गर्नुपर्छ। कृषिपछि जलविद्युत, पर्यटन, जडीबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्छ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ५ : २० बजे

विपद्का २४ घटनामा एक जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ– बितेका २४ घण्टामा भएका २४ वटा विपद्का घटनामा एक

मङ्गलको चन्द्रमा फोबोसबाट नमूना ल्याउन जापानको अन्तरिक्ष अभियान सुरु

टोकियो– जापानले मङ्गल ग्रहको चन्द्रमा फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै