ललितपुर महानगरले बन्द गरायो मञ्जुश्री पेट्रोल पम्प, मेयर भन्छन्- बालेनको कुनै प्रभाव परेको छैन « Khabarhub

ललितपुर महानगरले बन्द गरायो मञ्जुश्री पेट्रोल पम्प, मेयर भन्छन्- बालेनको कुनै प्रभाव परेको छैन


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


444
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुर महानगरपालिकाले लगनखेल बसपार्क नजिक सार्वजनिक जग्गामा रहेको मञ्जुश्री पेट्रोल पम्प बन्द गराएको छ । आइतबार महानगरको टोलीले केही संरचना हटाइ तार जाली लगाएर पम्प बन्द गराएको हो ।

सार्वजनिक जग्गामा रहेको उक्त पम्प खाली गर्न पटक पटक सूचना जारी गर्दा पनि नहटाएपछि महानगरले नै बन्द गराएको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए। उनले महानगरभित्र रहेका अवैध संरचनाको शुभारम्भ गरिएको र अब महानगर कडा रूपमा प्रस्तुत हुने बताए ।

उनले आफूले पहिलो कार्यकालको दोस्रो वर्षदेखि नै अवैध संरचना हटाउने काम सुरु गरेको भन्दै ललितपुर महानगरमा बालेन शाहको कामको कुनै प्रभाव नपरेको जिकिर गरे।

यसअघि महानगरले लगनखेलस्थित आफ्नै भवनमा रहेको अवैध संरचना पनि हटाएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ६ : ०२ बजे

सिफारिस भएर आएका नामहरूलाई केन्द्रमा पठाउने कांग्रेस लुम्बिनीको निर्णय

बुटवल- नेपाली कांग्रेसको लुम्बिनी प्रदेश कार्यसमितिको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभा

लुटपाट गरिएका हातहतियार बेवारिसे भेटिए

झापा – यहाँको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री