प्रधानन्यायाधीश जबराको आरोप : दलीय स्वार्थका कारण न्यायपालिका ध्वस्त हुने अवस्थामा पुग्यो   « Khabarhub

प्रधानन्यायाधीश जबराको आरोप : दलीय स्वार्थका कारण न्यायपालिका ध्वस्त हुने अवस्थामा पुग्यो  


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दलीय स्वार्थका कारण न्यायपालिका ध्वस्त हुने अवस्थामा पुगेको बताएका छन्।

संसदको महाअभियोग समितिमा आइतबार बयान दिने क्रममा जबराले आफ्नो स्वार्थपूर्ति गर्न राजनीतिक दलहरूले न्यायपालिकालाई ध्वस्त पार्न खोजिएको आरोप लगाएका हुन्।

उनले दलहरूलाई साथमा लिएर प्रधानन्यायाधीश हुने स्वार्थका कारण आफूलाई महाअभियोग लगाइएको जिकिर गरे। जबराले बारले आफूलाई हटाउन खोज्दा नसकेपछि दलहरूको सहारा लिएको आरोप पनि लगाए।

उनले कानुनी शासनलाई उपेक्षा गर्दै गठबन्धनले निर्णय गरेर आफूलाई महाअभियोग लगाएको जिकिर गरे । बयानका क्रममा जबराले आफूलाई लगाइएको आरोप पुष्टि हुने कुनै आधार नभएर नै आफू समितिमा फेस गर्न आएको र कुनै हालतमा महाअभियोग पारित हुन नसक्ने पनि बताए। त्यस्तै उनले सर्वोच्च अदालतको भवन निर्माणका क्रममा कुनै अनियमितता नभएको र अनियमितता भएको भए अख्तियारले नै टुङ्गो लगाउने उल्लेख गरे।

समितिले जबरासँग ३५ वटा प्रश्नको जवाफ लिएको छ । सो क्रममा जबरा रक्षात्मक देखिएको र सहकर्मीहरूलाई नै आरोप लगाएको कांग्रेस नेता मीन विश्वकर्माले बताए। जबराको जवाफले नै आरोपहरू पुष्टि हुँदै गएको उनको भनाइ छ । त्यस्तै एमाले नेता कृष्णभक्त पोखरेलले ३५ औँ नम्बरको प्रश्नको जवाफ सोमबार सकिएको र अन्य प्रश्नहरू आगामी बैठकमा सकिने जानकारी दिए। उनले समितिमा ढिलो गरी प्रतिवेदन आएकाले बयानको कार्य पनि ढिलाइ भएको बताए।

गत फाल्गुन १ गते जबराविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । समितिको अर्को बैठक मंगलबार बोलाइएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ७ : ४० बजे

कमल राष्ट्रिय सुकर्म पुरस्कार शिक्षाविद् शाक्यलाई

तानसेन– कमल राष्ट्रिय सुकर्म पुरस्कार (२०८२) पाल्पाका शिक्षाविद्, समाजसेवी, गणितज्ञ दिलबहादुर

दश ओलम्पियन खेलाडी सम्मानित

कैलाली– सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने १० जना ओलम्पियन खेलाडीलाई धनगढीमा

डोल्पामा जिप दुर्घटना हुँदा एकको मृत्यु, ११ जना घाइते

कर्णाली– डोल्पाको जगदुल्ला गाउँपालिका-४ मौरेलेखमा आज बोलेरो जिप दुर्घटना हुँदा

प्रकाशको गीत ‘कर्तव्य’ : शब्द चयनमा यू-टर्न, बालेन सरकारप्रति उदार !

काठमाडौं – गायक प्रकाश सपुतको गीत ‘यो देश मेरो पनि