निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन « Khabarhub

निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि विशेष सुरक्षा योजना अनुमोदन गरिएको छ।

आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनलाई सुरक्षित बनाउनका लागि निर्वाचन केन्द्रित केन्द्रीय विशेष सुरक्षा योजना अनुमोदन गरिएको मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेलले जानकारी दिए। विशेष सुरक्षा योजना अनुमोदन भएसँगै यसलाई आधार मान्दै जिल्ला जिल्लामा सुरक्षा योजना निर्माण हुने उनले बताए ।

त्यस्तै बैठकमा सोमबारबाट हुने चिनियाँ जन कांग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सु नेतृत्वको टोलीको नेपाल भ्रमण त्रुटिरहित ढंगले सुरक्षा व्यवस्था मिलाउन गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका सहसचिव पोखरेलले बताए।

त्यस्तै बैठकले दार्चुला जिल्लामा भएको विपद्को घटनाको समीक्षा गर्दै बेमौसमी वर्षाका कारण हुनसक्ने क्षतिलाई न्यूनीकरणका लागि तयारी अवस्थामा रहन पनि सुरक्षा निकायलाई निर्देशन दिइएको पोखरेलले बताए।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : ०४ बजे

जेनजी आन्दोलनमा घाइते पत्रकार सम्मानित

काठमाडौं – सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरूलाई नगदसहित

मधेस प्रदेशका ७२ जना कर्मचारी कारबाहीमा

जनकपुरधाम – मधेस प्रदेश सरकारअन्तर्गत धनुषा जिल्लामा रहेका कार्यालयको छड्के

डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल

ललितपुर – नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।