‘अमरेश सिंहको नाम सिफारिस भएको छैन’ « Khabarhub

‘अमरेश सिंहको नाम सिफारिस भएको छैन’


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंहले सर्लाही क्षेत्र नं. ४ बाट अमरेशकुमार सिंहको नाम सिफारिस नभएको बताएका छन् । खबरहबसँग कुरा गर्दै मधेस प्रदेशका महिला, बालबालिका, युवा तथा खेलकुद विकासमन्त्री समेत रहेका उपसभापति सिंहले अमरेशलाई यसअघि नै अनुशासन समितिको बैठकबाट कारबाही गरिएकाले उनको नाम सिफारिस नगरिएको बताएका हुन् ।

सर्लाही क्षेत्र नं. ४ बाट महामन्त्री गगन थापाको एकल नाम सिफरिस गरिएको उनले बताए । स्थानीय तहको चुनावको बेला अमरेशकुमार सिंहले कांग्रेस उम्मेद्वार हराउन भूमिका खेलेकाले जिल्ला अनुशासन समितिको बैठकबाट कारबाहीका साथै निलम्बन गरिएको पनि उनले बताए ।

‘स्थानीय तहको चुनावकै बेला उहाँले पार्टीलाई धोका दिएपछि कारबाही गरेर निलम्बन गरिएको छ । निलम्बन गरिएको व्यक्तिको नाम सिफारिस गर्न मिल्दैन’ उनले खबरहबसँग भने, ‘तर उनले निवेदन दिएपछि सिफारिस गरिएको चर्चा गलत हो । उहाँको ठाउँमा महामन्त्री गगन थापाको नाम सिफारिस गरेर पठाइएको छ । बाहिर गलत प्रचार भइरहेको छ ।’

यस्तै मधेस प्रदेशका कांग्रेस सभापति कृष्ण यादवले सिफारिसका लागि अमरेश सिंहको निवेदन प्रदेश समितिमा आएको बताए । जिल्लाले अनुशासनको कारबाही गरेको हुनाले सिफारिस हुन नपाएको भन्दै उनले निवेदन दिएको बताए । सिंहले दिएको निवेदन केन्द्रमा पठाइएको पनि यादवले बताए ।

‘नाम सिफारिस गरिदिन अमरेश सिंहले निवेदन दिनु भएको छ । उहाँको निवेदन हामीले केन्द्रमा फरवार्ड गरिदिएका छौँ,’ उनले खबरहबसँग भने, ‘नाम सिफारिस जिल्लाकै प्रतिनिधि सभा र प्रदेश सभा समितिले गर्ने भएकाले हामीले निवेदन मात्रै फरवार्ड गरेका हौँ । केन्द्रले जे निर्णय गर्छ, त्यही अनुसार हामी सिफारिसका लागि समन्वय गर्ने मात्रै हो ।’

सिंहले सर्लाही ४ बाट प्रतिनिधिसभा उम्मेद्वार बन्न नाम सिफारिस गर्न निवेदन दिएका हुन् । तर जिल्लाको समितिले सिंहको नाम निलम्बनमा राखेकाले सर्लाही ४ बाट गगन थापाको एकल सिफारिस गरेको छ । सिंहले आफू सो क्षेत्रबाट सिफारिस भएको भन्दै चर्चा गरिरहँदा जिल्लाको निलम्बन फुकुवा गरिदिन प्रदेशमा निवेदन दिएको सभापति यादवले बताए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : १० बजे

निजामती विधेयक संसद्‌मा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले संघीय निजामती ऐनसम्बन्धी विधेयक संसद्‌मा लैजाने भएको

सर्वाेच्चमा प्रधानन्यायाधीश शर्मा र आईजीपी कार्कीबीच ४५ मिनेट भेट

काठमाडौँ । सर्वाेच्च अदालतका प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग नेपाल प्रहरीका आईजीपी

न्वागी पर्व मनाउँदै आठपहरिया

धनकुटा– आठपहरिया समुदायले भदौ–असोजमा न्वागी अर्थात् भदौरे चाड मनाउने सुरु

छ दिनदेखि कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– वर्षाका कारण छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर सडक अझै