दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू (अडियोसहित)


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज दिनभर गठबन्धनमा सिट बाँडफाँटबारे  आज पनि जुटेन सहमति, निजगढ द्रुतमार्ग आयोजनामा संलग्नलाई कारबाही गर्न निर्देशन, कम्तीमा सय सिट काँग्रेसले लिनुपर्ने शेखर कोइरालाकाे अडान,  डुबान नियन्त्रण गर्न छुट्टै याेजना बनाउनु पर्नेमा गगन थापाकाे जाेड, कोरोना संक्रमणमा थप २ जनाकाे मृत्यु लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

गठबन्धनमा सिट बाँडफाँटबारे  आज पनि जुटेन सहमति
सत्ता गठबन्धनले सिट बाँडफाँटको टुंगो लगाउन गठित कार्यदलले बुझाएको प्रतिवेदनमा आधारित भएर थप सहमति खोज्ने प्रयास गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन बैठकमा कार्यदलले बुझाइको प्रतिवेदनमाथि छलफल भएको र सिट बाँडफाँटमा नमिलेका बिषयमाथि सहमति खोज्ने प्रयास भएको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए ।

कार्यदलले केही कुरा मिलाएको र धेरै बिषय मिलाउन बाँकी रहेको उनको भनाई छ । खनालले पुन भोलि विहान ८ बजे बैठक बसेर अधिकांश बिषय टुङ्गो लगााउने जानकारी दिए ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा गठन भएको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन शिर्ष तहमा बुझाएको थियो । तर पटक पटक छलफल हुँदा पनि गठबन्धनले सिट बाँडफाँटलाई अन्तिम रुप दिन सकेको छैन ।

दलीय स्वार्थका कारण न्यायपालिका ध्वस्त हुने अवस्थामा पुग्यो : जबरा

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलले सहयोग गरेको बताका छन्।

महाभियोग सिफारिस समितिमा आज बयान दिने क्रममा जबराले ’बिना प्रतिस्पर्धा सर्वोच्चको भवन ठेक्का कसरी सम्भव भयो ?’ भन्ने समितिको प्रश्नमा तत्कालीन प्रधानमन्त्री र अर्थमन्त्रीले सहयोग गरेको जिकिर गरेका हुन । उनले केही राजनीतिक दलले न्यायपालिकालाई नै ध्वंश गर्न खोजेको समेत दाबी गरे । संवैधानिक इजलासलाई अनिश्चितकालसम्म रोक्न भूमिका खेलेको आरोपमा बयान दिँदै जबराले नेपाली शब्दकोषमा भएको सबभन्दा घृषित र उच्चरण नै गर्न नहुने आरोप लगाइएको बताए ।

आजसम्म जबरासगँ समितिले ३५ प्रश्न सोधिएको छ । अब आठवटा प्रश्नमात्रै बाँकी छन्। ती प्रश्न सकिएलगत्तै बयानका क्रममा जबराले नाम मुछेका व्यक्तिहरूसँग पनि समितिले सोधपुछ गर्ने समितिको तयारी छ ।बयानसँगै प्रतिवेदन लेखन पनि भइरहेको समितिले जनाएको छ।

यता जबराले समकक्षी न्यायिक क्षेत्रका व्यक्तिहरूलाई आक्षेप लगाएको मीन विश्वकर्माले तर्क गरेका छन । बयानका क्रममा जबराले पूर्व प्रधान न्यायाधीशहरूलाई अशोभनीय शब्द प्रयोग गरेको विश्वकर्माले बताए । बयानबारे छलफल गर्न समितिको अर्को बेठक आगामी २८ गते मगंलबार बस्ने भएको छ ।

निजगढ द्रुतमार्ग आयोजनामा संलग्नलाई कारबाही गर्न निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–निजगढ द्रुतमार्ग आयोजनाको ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीहरुलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

विकास तथा प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकले सो आयोजनाको ठेक्का सम्झौता सम्बन्धी छानबिन समितिको प्रतिवेदनलाई आधार मानेर ठेक्का व्यवस्थापन प्रक्रियामा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारबाही गर्न निर्देशन दिएको हो ।

सार्वजनिक खरिद ऐन अनुसार ठेक्का प्रक्रियाको काम अघि नबढेकाले सम्बन्धित पदाधिकारीहरुलाई कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय र रक्षा मन्त्रालयलाई सचेत गराइएको समितिकी सभापति कल्याणीकुमारी खडकाले जानकारी दिए ।
नेपाललाई १० वर्षभित्र विकासको गतितर्फ लान सक्ने सम्भावना छ : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवको पाटो आफ्नो संकल्प बिकास र समृद्धि , शान्ति र स्थायीत्व भएको बताएका छन । काठमाडौंमा आज दोश्रो नेपाल युवा उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले आफुले राजनीतिक लडाइँको नेतृत्व सफलतापूर्वक सम्पन्न गरेकाले अव सम्पूर्ण ध्यान संकल्प बिकास र समृद्धि , शान्ति र स्थायीत्वमा केन्द्रीत हुने बताएका हुन ।

उनले आफ्नै नेतृत्वमा ठूला ठूला परिवर्तन स्थापीत भएको र अब विकास र समृद्धिका लागि बाँकी जिवन व्यतित गर्ने चाहना रहेको जिकिर गरे । प्रचण्डले मुलुकको आर्थिक बिकासका लागि स्रोत र सधानको अधिकतम प्रयोग गर्नुपर्ने धारणा राखे ।

नेपालको राजनीतिक वातावरण र नेतृत्वको इच्छाशक्तिको अभावका कारण स्रोत र साधनको प्रयोग गर्ने भिजन र योजना तथा कार्यक्रम बन्न नसकेको प्रचण्डले बताए। उनले अहिले आयात बढ्दै जानु निकै चिन्ताको बिषय भएको भन्दै कृषि क्षेत्रलाई नै प्राथमिकतामा राख्दै आन्तरिक उत्पादनमा बृद्दि गर्नुपर्ने धारणा राखे ।

कम्तीमा सय सिट काँग्रेसले लिनुपर्ने शेखर कोइरालाकाे अडान
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले बहुमत ल्याउन कांग्रेसले एक सय वटा प्रतिनिधि सभाक्षेत्रमा उम्मेदवारी दिनुपर्ने बताएका छन ।

मोरङमा आज आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेस केन्द्रीय समितिले बहुमत ल्याउन सत्ता गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय गरेको भन्दै एक सय भन्दा कम सिटमा उम्मेदवारी दिँदा बहुमत नआउने बताए ।

 डुबान नियन्त्रण गर्न छुट्टै याेजना बनाउनु पर्नेमा गगन थापाकाे जाेड
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौँको धोबी खोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रणको काम सरकारलाई छुट्टै आयोजना बनाउन माग गरेका छन्।

प्रश्तावित धोबिखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण आयोजना सम्बन्धित अन्तरक्रियामा बोल्दै महामन्त्री थापाले धोबीखोला कोरिडोरको कपन–बुढानीलकण्ठ डुबान नियन्त्रण गर्न ,अहिले विभिन्न खण्ड–खण्डमा स्थानीय नगपालिका, प्रदेश सरकार र काठमाडौं उपत्यका विकास प्राधिकरणले काम गरेको बताए ।

सो क्षेत्रको आफु जनप्रतिनिधि भएकाले कपन खहरेमा बाढी आउन साथ सबभन्दा धेरै गाली खाने गरेको उहाँले गुनासो गरे ।

स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
पर्साको वीरगञ्ज महानगरपालिका–२ मा स्रोत नखुलेको ७ लाख ५३ हजार ३ सय रुपैयाँ सहित एक जना पक्राउ परेका छन् । पोखरिया नगरपालिका–९ बैरिया विर्ता बस्ने ३५ वर्षीय महम्द रिजवान आलमलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले प्रदेश २– ३–०१२ प २०४६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई स्रोत नखुलेको सो नगद सहित फेला पारी पक्राउ गरेको हो । उनीउपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान भइरहेको छ ।

कोरोना संक्रमणमा थप २ जनाकाे मृत्यु
नेपालमा थप १ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ५ सय ९२ पिसिआर परिक्षणका क्रममा ८९ जना र १ हजार ९ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप २ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप २ सय १ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा २ हजार ३ सय १६ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

डेंगुबाट बागमती प्रदेशमा एकै दिन दुईजनाको मृत्यु
डेंगुबाट बागमती प्रदेशमा एकै दिनमा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका –१ चौकीटोल निवासी १३ वर्षीय बालक र ललितपुर ग्वार्को निवासी ३६ वर्षीय पुरुष रहेका छन् ।

उनीहरु दुवैको आज काठमाडौँस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले मृतक दुवैजना डेंगुबाट संक्रमित भएको र अस्वस्थ भइ काठमाडौँस्थित अस्पतालमा उपचाररत थिए ।

बागमती प्रदेशमा हालसम्म डेंगुका संक्रमितको संख्या ८ हजार ९१७ पुगेको र सबैभन्दा बढी संक्रमित ललितपुरमा रहेको छ । त्यस्तै, मकवानपुरमा १ हजार ४५, चितवनमा २०५ र धादिङ जिल्लामा १२१ जनामा डेंगुको संक्रमण पुष्टि भएको छ । यी ५ वटा जिल्लाहरुमा संक्रमितको संख्या निकै बढेको छ ।

डेंगीबाट जोगिने प्रमुख उपाय लामखुट्टेको टोकाइबाट बच्नु नै भएकाले आफ्नो वासस्थान वरपरको वातावरण सफा राख्न, पानी जम्न नदिन र व्यक्तिगत सतर्कता अपनाउन विज्ञहरुको सुझाव दिएका छन् ।

नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै अनेरास्ववियुद्वारा प्रदर्शन
नागरिकता विधेयक खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले काठमाडौंमा प्रदर्शन गरेका छन् । नागरिकता विधेयक राष्ट्रको हितमा नरहेको र यसलाई खारेज गर्नुपर्ने भन्दै अनेरास्ववियुले आज काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडी प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले नागरिकता विधेयक खारेज गरे, नागरिकता बेच्न पाईदैन, दलालहरु होसियार लगाएतका नारा लगाएका थिए । अहिलेका नागरिकता विधेयकले बिदेशीहरुलाई नागरिकता दिने बाटो खुल्ला हुने भएकाले खारेज गर्नुपर्ने अनेरास्ववियुको भनाई छ ।

यसअघि आज नै नेविसंघले राष्ट्रपतिले नागरिकता बिधेयक पारित गर्नुपर्ने भन्दै त्रिचन्द्र क्याम्पस अगाडी नै प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : ३४ बजे

दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं – आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

स्वास्थ्य सचिवमा विकास देवकोटाकाे बढुवा

काठमाडौं – स्वास्थ्य सचिवमा विकास देवकोटा बढुवा भएका छन् ।

कुलमान घिसिङलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं – सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई

छोराको हत्या अभियोगमा दम्पती पक्राउ

मकवानपुर – छोराको हत्या अभियोगमा यहाँको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित अदुवाबारीका

डिला संग्रौलाकाे प्रश्न : पत्रकार आचारसंहिताको मापन गर्ने क्षेत्राधिकार कसको हो ?

काठमाडौं – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवि विभागकी संयोजक डा.