चीनसँगका नाकालाई खोल्न छलफल गरिरहेका छौं : मन्त्री खड्का « Khabarhub

चीनसँगका नाकालाई खोल्न छलफल गरिरहेका छौं : मन्त्री खड्का


२६ भाद्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनसंगको तातोपानी नाकालाई सहज रुपमा खुल्ला गर्न आफुले निरन्तर चिनिया अधिकारीसंग छलफल गरिरहेको बताएका छन् ।

कांग्रेस नेता मोहन बहादुर बस्नेतसहित व्यवसायीहरुको टोलीसंगको छलफलका क्रममा आज मन्त्री खड्काले सो नाकालाइ सहज रुपमा सञ्चालनका लागि आफुले पटक पटक चिनिया अधिकारीसंग छलफल गरेको बताएका हुन्। उनले चीनबाट सामान ल्याउनका लागि उक्त नाका सहज भएपनि पछिल्लो समय देखिएको बिभिन्न समस्याका बारेमा सरकार जानकार रहेको जिकिर गरे ।

तीव्वतमा कोरोनाको उच्च संक्रमण रहेकाले पनि नाका खुल्ला गर्नका लागि आनाकानी भएको देखिएपछि चाडपर्वका बेला सामान आयात गर्नका लागि पनि सरकारले पटक पटक ध्यानाकर्षण गराइएको उनले बताए ।

त्यस्तै कांग्रेस नेता बस्नेतले नेपाली व्यापारिहरुले करौडौ लगानी गरेर सामान खरिद गरेर नेपाल भित्राउन नपाउँदा व्यवसायीहरु मर्कामा परेको बताए । उनले नेपाल सरकारको पहलमा चीनले समान भित्राउन सहजीकर गर्ने विश्वास व्यक्त गरे ।

सो क्रममा व्यवसायीहरुले बिनासकारी भूकम्पअघिको अवस्थामा तातोपानी नाकालाई सञ्चालनका लािग राज्यले गम्भीर भएर चीनसंग वार्ता गर्नुपर्ने बताएका थिए । यसअघि हिजो केहि कन्टेनरहरु सो नाका हुँदै नेपाल भित्रिएका थिए ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  १० : १३ बजे

ग्यास खोज्दै सिलिन्डर बोकेर सिंहदरबार घेर्न पुगे विद्यार्थी (तस्बिरहरू)

काठमाडौं– एक महिनादेखि जारी खाना पकाउने ग्यास अभावले सर्वसाधारणको दैनिकी

भक्तपुरमा पञ्चदान पर्वको रौनक (तस्बिरहरू)

भक्तपुर– बौद्ध धर्मावलम्बी नेवार समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व पञ्चदान

राष्ट्रियसभामा विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

 काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको

सरकारलाई राष्ट्रपति पौडेलको सुझाव : बाढीपीडित व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाऊँ

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशी बाढीप्रभावितहरूको तत्काल व्यवस्थापन, सडक तथा

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक