मंगलबार भगवान गणेशको यसरी गर्नुहोस् पूजा (विधिसहित) « Khabarhub

मंगलबार भगवान गणेशको यसरी गर्नुहोस् पूजा (विधिसहित)


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ। त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ। दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन।

तुलसीलाई विष्णुको एक रूप नै मानिन्छ। तर गणेशजीलाई तुलसी अप्रिय लाग्छ। गणेश पूजनमा तुलसीको प्रयोग वर्जित छ।

दूबोका सम्बन्धमा एउटा कथा भेटिन्छ। कथाअनुसार प्राचीन समयमा अनलासुर नामक असुर थियो। उसले धर्ती र स्वर्गमा आतंक फैलाएको थियो। अनलासुर ऋषिमुनि र सर्वसाधारणलाई जिउँदै निल्थ्यो।

असुरबाट त्रस्त भएर देवराज इन्द्रसहित सबै देवीदेवता र प्रमुख ऋषिमुनि भगवान् महादेवसँग प्रार्थना गर्न पुगे।अनलासुरलाई अन्त्य गर्न उनीहरूले महादेवसँग अनुरोध गरे तर महादेवले असुरको अन्त्य गणेशजीले गर्ने बताउनुभयो।

अनलासुरसँग युद्ध गर्न गणेशजी जानुभयो। असुरले उहाँलाई निल्न खोज्यो तर उल्टै गणेशजीले असुरलाई निल्नुभयो। असुरलाई निलेपछि गणेशजीलाई बेस्सरी पेट पोल्यो। धेरै प्रकारका उपाय गरियो र पेटको जलन शान्त भएन।

त्यसपछि कश्यप ऋषिले २१ मुन्टो दूबोको गाँठो बनाएर गणेशलाई खान दिनुभयो। दूबो खाएपछि गणेशजीको पीडा शमन भयो। त्यतिखेरदेखि नै श्रीगणेशलाई दूबो चढाउने परम्परा शुरु भएको हो।

गणेशजीलाई तुलसी किन चढाउनु हुँदैन भन्ने विषयमा पनि एउटा कथा भेटिन्छ।

कथाअनुसार प्राचीन समयमा तुलसीले गणेशजीसँग विवाहको प्रार्थना गरेकी थिइन्। तर गणेशजीले मान्नुभएन। रिसाएकी तुलसीले गणेशजीलाई दुईवटा विवाह होस् भनी श्राप दिइन्। गणेशजीलाई पनि रिस उठ्यो र तिम्रो विवाह एक असुरसँग होस् भनी श्राप दिनुभयो।

राक्षससँग विवाह हुने श्राप सुनेपछि तुलसीले गणेशजीसँग माफी मागिन्। त्यसपछि गणेशजीले तिम्रो विवाह शंखचूर्णसँग हुनेछ तर तिमी भगवान् विष्णुको प्रिय हुनेछौ अनि कलियुगमा मानिसहरूलाई मोक्ष दिनेछौ तर मेरो पूजा गर्दा तिमीलाई चढाउनु अशुभ हुन्छ भन्नुभयो

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : ०८ बजे

जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी भन्सारमै रोकिए

वीरगन्ज– मुलुककै सबैभन्दा धेरै वस्तु तथा सामान आयात हुने वीरगन्ज

वर्षाले मकैखेती फस्टाउँदै, उत्पादन बढ्ने आशामा किसान

गाईघाट– खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली

कमलादीमा निजी क्षेत्रको नेता छानिँदै, यस्तो छ चहलपहल (तस्बिरहरू)

काठमाडौं- निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनाव

वित्तीय अपराधविरुद्ध आक्रमक सरकार, स्मार्ट टेलिकमका सर्वेश जोशी पक्राउ

काठमाडौं- ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा संलग्न आरोपमा सर्वेश जोशी

योगशिविरमा जुम्ला पुगेका चिकित्सकले शल्यक्रिया गरेपछि‍‍‍…

जुम्ला – यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जटिल किसिमको टाउकोको