वित्तीय अपराधविरुद्ध आक्रमक सरकार, स्मार्ट टेलिकमका सर्वेश जोशी पक्राउ « Khabarhub

वित्तीय अपराधविरुद्ध आक्रमक सरकार, स्मार्ट टेलिकमका सर्वेश जोशी पक्राउ


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा संलग्न आरोपमा सर्वेश जोशी पक्राउ परेका छन्।

जिल्ला काठमाडौं महानगरपालिका–२ खुर्सानीटार बस्ने ४५ वर्षीय जोशीलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सोमबार पक्राउ गरिएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार ‘स्मार्ट टेलिकम प्रालि’ ले मिति २०७० वैशाख २ मा आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र लिएको थियो।

तर, नियमानुसार अनुमतिपत्र नवीकरण नगरेपछि दूरसञ्चार ऐन, २०५३ अनुसार २०८० वैशाख ३ गतेदेखि उक्त कम्पनीको अनुमतिपत्र स्वतः रद्द भएको थियो।

अनुमतिपत्र रद्द भएसँगै दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ अनुसार कम्पनीका सम्पूर्ण सम्पत्ति, पूर्वाधार, संरचना तथा सञ्जाल प्राधिकरणले नियन्त्रणमा लिएको थियो।

त्यही सम्पत्तिमा बेइमानीपूर्वक हक टुटाउने उद्देश्यले कार्य गरेको आरोपमा जोशीमाथि मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।

दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल दूरसञ्चार प्राधिकरणले नियन्त्रणमा लिएकोमा सरकारको सम्पत्ति बेइमानीपूर्वक हक टुटाउने उद्देश्यसहित कार्य गरी गराई ठगी तथा आपराधिक विश्वासघातको कसूर गरेको आरोप उनीमाथि लागेको छ ।

सरकारले दूरसञ्चार सेवा सञ्चालकलाई नवीकरण शुल्क तिर्न समय दिँदा पनि नतिरेपछि लाइसेन्स रद्द गरेको थियो । त्यसबेला कम्पनीले नेपाल सरकारलाई तिर्नुपर्ने कुल २०.१३ अर्ब रुपैयाँ थियो । ३ अर्ब रुपैयाँ जरिवानासहित कुल २३.१३ अर्ब रुपैयाँ बराबर बाँकी थियो। उक्त रकम हाल ब्याजसमेत गरेर ३० अर्ब हाराहारी पुगेको छ।

त्यसअघि २०१९ मा सरकारले स्मार्ट टेलिकमको लाइसेन्स रद्द गर्ने निर्णय गरेको थियो, तथापि, स्मार्ट टेलिकमलाई पाँच किस्तामा बक्यौता तिर्न अवसर दिँदै निर्णय उल्टाइएको थियो। बक्यौता भुक्तानी गर्न पछिल्लो पटक मन्त्रिपरिषद्ले ६ महिना म्याद थपेको थियो । उक्त निर्णयको पनि पालना नभएको अवस्थामा जोशी समातिएका हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  १० : ५८ बजे

ओलीसँगको भनाभनका क्रममा बेहोस भएर ढलेका थपलिया वीर अस्पतालमा भर्ना

काठमाडौं– बागमती प्रदेश सभा नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ

एसपीलाई स्पष्टीकरण सोधेर आफैं उद्योगी-व्यापारी फकाउन खटिए डीआईजी खनाल

विराटनगर- विराटनगरका उद्योगी तथा व्यवसायीको घर र कार्यालयमा ठूलो संख्यामा

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

कम्पाला– युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक

रास्वपा सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीले के भने ?

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने रास्वपा

एनसेल सञ्चालक आचार्य व्यवस्थापनमा बलियो

काठमाडौं– लामो समयदेखि एनसेल विभिन्न विवादमा तानिँदै आएको छ ।