प्रधानमन्त्री देउवाले उजुरीबारे दिउँसो २ बजेसम्म जवाफ दिनुपर्ने | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवाले उजुरीबारे दिउँसो २ बजेसम्म जवाफ दिनुपर्ने


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

डडेलधुरा – फरक-फरक जन्म मिति भएको भन्दै उजुरी परेपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रस्ट पार्न समय दिइएको छ।

नागरिकता र मतदाता नामावलीमा फरक फरक जन्म मिति परेको भन्ने उजुरीबारे जवाफ दिनका लागि आज दुई बजेसम्मको समयसीमा दिइएको छ। देउवाका विपक्षी उम्मेदवार नेपाली कांग्रेस बिपी समूहका उम्मेदवार कर्ण मल्लले जन्म मिति फरक भएको भन्दै दिएको उजुरीमा देउवाले जवाफ दिनुपर्ने भएको हो।

डडेलधुरामा प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार देउवाविरुद्ध परेको उजुरी उपर स्पष्ट पार्नका लागि निर्वाचन कार्यालयले मंगलबार दिउँसो २ बजेसम्मको समय निर्धारण गरेको छ। देउवाविरुद्ध सोमवार उजुरी परेको थियो।

सूचना पाटीमा टाँसिएको ब्यहोरालाई आधार मानेर प्रधानमन्त्री देउवाले उजुरीमाथि प्रमाण पेस गर्नुपर्नेछ। प्रधानमन्त्रीसमेत रहेको देउवाले पत्नी आरजु राणालाई वारेस बनाएर आइतबार उम्मेदवारी दर्ता गराएका थिए।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ७ : १७ बजे

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले