दैलेखका ठाउँ ठाउँमा पहिरो, यातायात अवरुद्ध « Khabarhub

दैलेखका ठाउँ ठाउँमा पहिरो, यातायात अवरुद्ध


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत –  लगातारको वर्षाले दैलेख-सुर्खेत सडक खण्ड अवरुद्ध भएको छ । बडा दसैँको दिनदेखि सुरु भएको वर्षाले दैलेखका विभिन्न ठाउँमा पहिरो गएको छ।

पहिरोले दैलेखबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर जोड्ने मुख्य सडक ठप्प छ । यात्रुहरूबीच बाटोमा अलपत्र परेका छन् । लगातारको वर्षाका कारण सडकमा पहिरो खसेपछि यातायात अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्नु परेको नारायण नगरपालिकाका विजय शर्माले बताए । ‘दैलेखबाट बिहान ८ बजे सुर्खेततर्फ प्रस्थान गरेको हुँ, अहिले जिरो पोइन्ट नजिक पहिरोले सवारी साधन रोकिएको छ, पहिरो हटाउने काम भइरहेको छ।,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साहले दैलेख-सुर्खेत सडक खुलाउने प्रयास भइरहेको बताए । ‘चुप्रा, मटेला, माथिल्लो डुङ्गेश्वर, जिरोपोइन्ट, घोडाबास र डबल गैरा क्षेत्रमा पहिरो गएको छ, कतै सडक भासिएको छ,’ डिएसपी साहले भने ‘हामी सडक खुलाउने प्रयास गरिरहेका छौँ।’

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साहसहित सुरक्षाकर्मीको टोली सडक खुलाउने काममा खटिएको छ। प्रमुख जिल्ला अधिकारी हमालले ठाउँ ठाउँमा सडक भासिनुका साथै पहिरो गएका कारण सडक अवरुद्ध रहेको बताए । उनले आज साँझसम्म अवरुद्ध सडक सञ्चालनमा ल्याउने गरी प्रयास भइरहेको बताएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : २६ बजे

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ

दक्षिण कोरियाद्वारा पहिलो पटक आपतकालीन ‘हिटवेभ’ चेतावनी जारी

सियोल– दक्षिण कोरियाले यस वर्ष लागू गरिएको नयाँ वर्गीकरण प्रणालीअन्तर्गत

नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित

नेपालगन्ज– नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब

टोरन्टो साल्सा फेस्टिभलमा गोलीकाण्ड : दुइ जनाको मृत्यु, चार घाइते

टोरन्टो– क्यानडाको टोरन्टोमा आयोजित ‘साल्सा फेस्टिभल’मा शनिबार भएको गोलीकाण्डमा दुई