दैलेखका ठाउँ ठाउँमा पहिरो, यातायात अवरुद्ध « Khabarhub

दैलेखका ठाउँ ठाउँमा पहिरो, यातायात अवरुद्ध


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुर्खेत –  लगातारको वर्षाले दैलेख-सुर्खेत सडक खण्ड अवरुद्ध भएको छ । बडा दसैँको दिनदेखि सुरु भएको वर्षाले दैलेखका विभिन्न ठाउँमा पहिरो गएको छ।

पहिरोले दैलेखबाट कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर जोड्ने मुख्य सडक ठप्प छ । यात्रुहरूबीच बाटोमा अलपत्र परेका छन् । लगातारको वर्षाका कारण सडकमा पहिरो खसेपछि यातायात अवरुद्ध हुँदा यात्रुहरूले सास्ती खेप्नु परेको नारायण नगरपालिकाका विजय शर्माले बताए । ‘दैलेखबाट बिहान ८ बजे सुर्खेततर्फ प्रस्थान गरेको हुँ, अहिले जिरो पोइन्ट नजिक पहिरोले सवारी साधन रोकिएको छ, पहिरो हटाउने काम भइरहेको छ।,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साहले दैलेख-सुर्खेत सडक खुलाउने प्रयास भइरहेको बताए । ‘चुप्रा, मटेला, माथिल्लो डुङ्गेश्वर, जिरोपोइन्ट, घोडाबास र डबल गैरा क्षेत्रमा पहिरो गएको छ, कतै सडक भासिएको छ,’ डिएसपी साहले भने ‘हामी सडक खुलाउने प्रयास गरिरहेका छौँ।’

प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमाल, प्रहरी नायब उपरीक्षक (डिएसपी) भुवनेश्वर प्रसाद साहसहित सुरक्षाकर्मीको टोली सडक खुलाउने काममा खटिएको छ। प्रमुख जिल्ला अधिकारी हमालले ठाउँ ठाउँमा सडक भासिनुका साथै पहिरो गएका कारण सडक अवरुद्ध रहेको बताए । उनले आज साँझसम्म अवरुद्ध सडक सञ्चालनमा ल्याउने गरी प्रयास भइरहेको बताएका छन् ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : २६ बजे

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा