लुम्बिनीमा एमालेबाट मुख्यमन्त्रीको दौडमा गिरी « Khabarhub

लुम्बिनीमा एमालेबाट मुख्यमन्त्रीको दौडमा गिरी


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बुटवल– लुम्बिनी प्रदेशसभा सदस्यमा उम्मेदवारी मनोनयनसँगै एमालेबाट सम्भावित मुख्यमन्त्रीको परिदृश्य देखिएको छ । एमाले पोलिटब्युरो सदस्य लिला गिरी मुख्यमन्त्री बन्ने आकांक्षासहित प्रदेशसभामा प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसअघिको प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हालेका गिरी एमालेले अहिले उठाएका उम्मेदवारमा सबैभन्दा सिनियर हुन् । उनले रूपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट उम्मेदवारी दिएका छन् । एमाले पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज गिरीको अबको प्रयास मुख्यमन्त्री बन्ने रहेको छ । अर्का पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट उम्मेदवारी दिएका छन् । उनी पनि एमाले लुम्बिनी प्रदेश कमिटीको सहइन्चार्ज छन् । 

‘प्रदेशसभामा सांसद र मन्त्री भई निष्कलंक छविको रुपमा परिचय बनाएका व्यक्ति प्रदेशसभा सांसद मात्र हुन प्रदेशमा फेरि जाने कुरा भएन’, उनीनिकट एक नेताले भने, ‘प्रदेशमै एमालेको सरकार बन्ने अवस्था आएमा गिरी नै मुख्यमन्त्रीका लागि सम्भावित दाबेदार हुन् ।’

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ११ : ३१ बजे

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी

लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग

गुल्मी – बेलायतको लन्डनस्थित पशुपतिनाथ मन्दिर व्यवस्थापन समितिले नेपालका बाढीपीडितको

तमोर नदीमा बगेर एक किशोर बेपत्ता

तेह्रथुम – यहाँको म्याङलुङ नगरपालिका–१ लुमुघाट स्थित तमोर नदीमा नुहाउने

आजका समाचार : कांग्रेस महाधिवेशनको तयारी पूरा, नयाँ भवन ऐन संसदमा दर्ता, अर्थमन्त्री अमेरिकातिर र ३२ करोड ५० लाख ब्यारेल तेल बजारमा

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाहप्रधानमन्त्री वालेन्द्र शाहले