अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने « Khabarhub

अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

कालीकोट– लगातारको अविरल वर्षाका कारण अवरुद्ध कर्णाली राजमार्ग खुल्न अझै समय लाग्ने भएको छ । कर्णाली राजमार्गको कालीकोट सडकखण्डको तीन दर्जनभन्दा बढी ठाउँमा पहिरो गएपछि राजमार्ग सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । 

कर्णाली राजमार्गको विभिन्न ठाउँमा पहिरो झरेकाले राजमार्ग सञ्चालन हुन सकेको छैन । राजमार्ग सञ्चालन नहुँदा छोटो तथा लामो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । कर्णाली राजमार्गको कालीकोट सडकखण्ड सञ्चालन हुन अझै केही समय लाग्ने कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताए । यस वर्षको अविरल वर्षासँगै आएको बाढी पहिरामा परी जिल्लाभरी १९ जना बेपत्ता भएको प्रजिअ शर्माले जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ३ : ०४ बजे

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने