निरन्तर परेको वर्षाले वर्षाले धान बालीमा क्षति « Khabarhub

निरन्तर परेको वर्षाले वर्षाले धान बालीमा क्षति


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञानकेन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ । 

अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा एक हजार छ सय ५० हेक्टर, डुडुवा गाउँपालिकामा एक हजार चार सय ६० हेक्टर र खजुरा गाउँपालिकामा एक हजार ९५ हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको कृषि ज्ञानकेन्द्र, बाँकेका निमित्त प्रमुख सकिल अहमदले जानकारी दिए ।

त्यस्तै वैजानाथ गाउँपालिकामा आठ सय ३० हेक्टर, कोहलपुर नगरपालिकामा सात सय ३० हेक्टर र जानकी गाउँपालिकामा नौ सय ५० हेक्टर क्षेत्रफलमा लगाइएको धानी बाली निरन्तर परेको वर्षाले डुबाएको छ । ‘अझै सबै स्थानीय तहको विस्तृत विवरण आएको छैन त्यसैले धान खेतीमा भएको क्षति बढ्न सक्छ’, ज्ञान केन्द्रका निमित्त प्रमुख अहमदले भने । 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ४ : १४ बजे

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा