नवौं राष्ट्रिय खेलकुद: एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी « Khabarhub

नवौं राष्ट्रिय खेलकुद: एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएको छ । 

पोखरामा मंगलबार भएको खेलमा नेपाल एपीएफ क्लबले बागमती प्रदेशलाई ४ विकेट पराजित गरेको हो । बागमतीले दिएको ९० रनको लक्ष्य पछ्याएको एपीएफले १९ ओभर १ बलमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । एपीएफको जितमा रोमा थापाले २२ तथा ममता चौधरीले १७ रन बनाइन् । नेरी थापाले अविजित १६ बनाउँदा कप्तान सिता राना मगरले १६ रन बनाईन् । बागमतीका लागि सुमन खतिवडा र सोनी पाख्रिनले २ तथा कप्तान अस्मिना कर्माचार्यले १ विकेट लिए । त्यस अघि पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ७ विकेट गुमाएर ८९ रन बनाएको थियो ।  जितसँगै एपीएफ २ अंक जोड्दै समूह ’ए’ को शीर्ष स्थानमा उक्लिएको छ ।

यस्तै पोखरामा मंगलबार भएको खेलमा सुदुरपश्चिमले गण्डकी प्रदेशलाई ६ विकेट पराजित गरेको हो ।  गण्डकीले दिएको ६० रनको लक्ष्य पछ्याएको सुदुरपश्चिमले १० ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । सुदूरपश्चिमको जितमा रितु कनौजियाले २२ तथा स्नेहा महराले अविजित २१ रन बनाइन् ।

गण्डकीका लागि कप्तान शृष्टि जैसीले अविजित २८ रन बनाइन् । गण्डकीका अन्य ब्याटरले दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।  जितसँगै सुदुरपश्चिम २ अंक जोड्दै समूह ’ए’ को दोस्रो स्थानमा उक्लिएको छ ।

राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह ’ए’ मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ । समूह ’बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ५ : ०१ बजे

राष्ट्रियसभाका दुई रिक्त पद छिटै पूर्ति गरिने

काठमाडौं– सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुई सदस्यहरूको पदपूर्ति प्रक्रिया छिटै

भक्तपुरमा संगीतको ठूलो जात्रा, पहिलोपटक आफ्नै ब्यान्डसहित आउँदै कुमा सागर 

भक्तपुरको सल्लाघारी मैदानमा यसपटक संगीतसँगै कला, संस्कृति र सामाजिक सेवाको

ककपिटमै चक्कु प्रहार, घाइते अवस्थामै देखाए साहस : को हुन् भारतीय क्याप्टेन स्मित मच्छार ?

दुबईबाट इजरायलको तेल अभिभतर्फ उडिरहेको विमानमा सबै कुरा सामान्यजस्तै थियो।

सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक, ७ अर्ब बढी बजेट परिचालन गरिने

काठमाडौं– नेपाल सरकारले ‘सातौँ भन्सार सुधार तथा आधुनिकीकरण योजना (२०८३–२०८८)

भोटेकोशी र कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रियसभामा विशेष समिति गठन

काठमाडौं  – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम,