अल्पसङ्ख्यक र विपन्नको  निःशुल्क स्वास्थ्य बीमा « Khabarhub

अल्पसङ्ख्यक र विपन्नको  निःशुल्क स्वास्थ्य बीमा


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँका स्थानीय तहले अल्पसङ्ख्यक र विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएका छन् । जिल्लाका विभिन्न पालिकाले चालु आर्थिक वर्षमा त्यस्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएका हुन् । देवघाट गाउँपालिकाले अल्पसङ्ख्यक जातिको निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गाउँपालिकाको चालु आवमा अल्पसङ्ख्यक जातिको बीमा गर्नका लागि बजेट विनियोजन गरेको छ । 

गाउँपालिकाभित्र बसोबास गर्ने बोटे, बराम र चेपाङ परिवारको स्वास्थ्य बीमा गरिदिने गाउँपालिकाका अध्यक्ष तीलबहादुर थापाले जानकारी दिए । त्यस्ता परिवार पहिचान गरी बीमा गर्नका लागि रु तीन लाख ५० हजार विनियोजन गरिएको छ । ‘अल्पसङ्ख्यक परिवारको सङ्ख्या पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गरिदिन्छौँ’, उनले भने। 

गाउँपालिकाले सीमान्तकृत तथा आर्थिक सामाजिक रूपले पछाडि परेको भुजेल जातिको आयआर्जन वृद्धिका लागि पनि रु चार लाख बजेट विनियोजन गरेको छ । व्यास नगरपालिकाले विपन्न नगरवासीको स्वास्थ्य बीमा गरिदिने भएको छ । विपन्न नगरवासी र स्वास्थ्य बीमा नभएका ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा गर्न लागिएको हो । सबैलाई स्वास्थ्यको पहुँचमा ल्याउन र बीमा गर्न नसक्ने विपन्न परिवारलाई नगरपालिकाका तर्फबाट बीमा गरिने प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले जानकारी दिए ।

जिल्लाकै आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयको प्राथमिक तहअन्तर्गत निश्चित वर्गका विद्यार्थीका अभिभावकलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । प्राथमिक तहमा अध्ययन गर्ने विपन्न बालबालिकाका अभिभावकको स्वास्थ्य बीमा गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। 

बन्दीपुर गाउँपालिकाले पनि स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गर्ने भएको छ । सबै जनतालाई स्वास्थ्यको पहुँचमा ल्याउन बीमा कार्यक्रम विस्तार गरिने गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । आर्थिक रुपमा असहाय परिवारलाई स्वास्थ्य बीमामा सहभागी गराउने उद्देश्यसहित गाउँपालिकाले गत दुई वर्षदेखि स्वास्थ्य बीमामा सहयोग गर्दै आएको छ । आर्थिक अभावमा स्वास्थ्य बीमामा सहभागी हुन नसक्ने घरपरिवार छनोट गरी गाउँपालिकाले नै बीमा गरिदिने जनाइएको छ ।

गाउँपालिकाभित्रका सबै नागरिकलाई स्वास्थ्य बीमामा सहभागी गराउन यो कार्यक्रम ल्याइएको थापाले बताए । आर्थिक रुपमा सम्पन्न भएका घरपरिवार स्वास्थ्य बीमामा सहभागी हुन सक्ने भए पनि गरिब तथा विपन्न घरपरिवार स्वास्थ्य बीमाबाट वञ्चित नहुन भन्नका लागि योजना ल्याइएको थापाले जानकारी दिए। ‘हरेक नागरिकले स्वास्थ्य सेवा पाउनुपर्छ, स्वास्थ्य बीमाका लागि रकम हाल्न नसक्नेलाई गाउँपालिकाको खर्चमा स्वास्थ्य बीमा गराइन्छ’, उनले भने । 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : २५ बजे

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउनेबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाही– सर्लाहीको सिर्सियामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३१ गते बुधबार सन् २०२६