दक्षिण अफ्रीकाविरुद्धको सिरिज भारतलाई « Khabarhub

दक्षिण अफ्रीकाविरुद्धको सिरिज भारतलाई


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतले दक्षिण अफ्रीकाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ । तेस्रो तथा अन्तिम खेलमा ६ विकेटको सहज जित निकाल्दै भारतले सिरिज २–१ ले जितेको हो ।

दिल्लीमा मंगलबार भएको निर्णायक खेलमा भारतले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो । अफ्रिकाले दिएको १०० रनको सामान्य लक्ष्य भारतले १९ ओभर १ बलमा ३ विकेट गुमाएर भेटायो । उसको लागि शुभम गिलले ४९ र श्रेयास ऐयरले नटआउट २८ रन बनाए । अफ्रिकाको लागि योर्न फर्टयूइन र लुंगी न्गिडीले १–१ विकेट लिए ।

यसअघि पहिलो ब्याटिङ गरेको दक्षिण अफ्रीकाले २७.१ ओभरमा सबै विकेट गुमायो । टोलीका लागि हेनरिक क्लासेनले सर्वाधिक ३४ रन जोडे । जानेमान मालन १५ र मार्को जान्सनले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

भारतका लागि कुलदीप यादवले ४.१ ओभरमा १८ रन खर्चेर १ मेडनसहित ४ विकेट लिए । सहबाज अहमद, मोहमद सिराज र वासिंगटन सुन्दरले २–२ विकेट हात पारे ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : ०१ बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री