दशैंमा छिन्नमस्ता मन्दिरको आम्दानी साँढे चार लाख | Khabarhub Khabarhub

दशैंमा छिन्नमस्ता मन्दिरको आम्दानी साँढे चार लाख


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा २०७९ को दसैंमा मात्र १५ लाख भन्दा बढी आम्दानी भएको छ । भगवती संरक्षण सम्बद्धन समितिका कार्यवाहक अध्यक्ष एवं मन्दिरका मुख्य पीठाधिश महाकान्त ठाकुरले २०७९ को आयव्यय सार्वजनिक गर्दै पत्रकारहरूलाई जानकारी दिएका हुन् ।

समितिका वरिष्ठ सदस्य राम कुमार ठाकुरले २०७९ को विजया दशमीमा भएको १५ लाख २५ हजार ७ सय ७५ रुपैयाँ आम्दानी तथा ११ लाख ८८ हजार रुपैयाँ खर्च विवरण प्रस्तुत गरेका हुन् ।

प्रस्तुत प्रतिवेदनअनुसार बलि प्रदानबाट ४ लाख ६८ हजार ९ सय ३६, गाडी पुजनबाट ५१ हजार १ सय २८ मुण्डनबाट १३ हजार ६ सय, गाडी पार्किङबाट ३७ हजार ९९ सय, चन्दा सहयोग २५ हजार ३ सय ७६, धर्मशालाबाट ६ हजार ८ सय, फुटकर पसल ८१ हजार ९ सय ५०, विवाह ६ हजार ४ सय, पिकनिक १ हजार ९ सय २०, दान पेटिकाबाट ७२ हजार ८ सय ९६, शीघ्र दर्शनबाट ७ लाख, ५९ हजार ७ सय ८५ रुपैयाँ नगद आम्दानी भएको छ ।

यसैगरी रंगरोगन ३ लाख ५० हजार, बिजुली डेकोरेशन २ लाख ७५ हजार, सरसफाइ १ लाख ५ हजार, शान्ति सुरक्षा ४५ हजार, मर्मत सम्भार २ लाख ३१ हजार, अतिथि सत्कार २५ हजार, कर्मचारीको दसैं खर्च ९१ हजार ९ सय २० र विविध ६५ हजार ८० रुपैयाँ गरी कूल ११ लाख, ८८ हजार रुपैयाँ खर्च भएको छ ।

कार्यक्रममा बोल्दै पीठाधिश ठाकुरले यस वर्ष दसैंमा आम्दानी बढी र खर्च कमी भएकोले ३ लाख ३७ हजार ७ सय ८५ रुपैयाँ बचत भएको बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : ०८ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको