दशैंमा छिन्नमस्ता मन्दिरको आम्दानी साँढे चार लाख « Khabarhub

दशैंमा छिन्नमस्ता मन्दिरको आम्दानी साँढे चार लाख


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

सप्तरी – सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा २०७९ को दसैंमा मात्र १५ लाख भन्दा बढी आम्दानी भएको छ । भगवती संरक्षण सम्बद्धन समितिका कार्यवाहक अध्यक्ष एवं मन्दिरका मुख्य पीठाधिश महाकान्त ठाकुरले २०७९ को आयव्यय सार्वजनिक गर्दै पत्रकारहरूलाई जानकारी दिएका हुन् ।

समितिका वरिष्ठ सदस्य राम कुमार ठाकुरले २०७९ को विजया दशमीमा भएको १५ लाख २५ हजार ७ सय ७५ रुपैयाँ आम्दानी तथा ११ लाख ८८ हजार रुपैयाँ खर्च विवरण प्रस्तुत गरेका हुन् ।

प्रस्तुत प्रतिवेदनअनुसार बलि प्रदानबाट ४ लाख ६८ हजार ९ सय ३६, गाडी पुजनबाट ५१ हजार १ सय २८ मुण्डनबाट १३ हजार ६ सय, गाडी पार्किङबाट ३७ हजार ९९ सय, चन्दा सहयोग २५ हजार ३ सय ७६, धर्मशालाबाट ६ हजार ८ सय, फुटकर पसल ८१ हजार ९ सय ५०, विवाह ६ हजार ४ सय, पिकनिक १ हजार ९ सय २०, दान पेटिकाबाट ७२ हजार ८ सय ९६, शीघ्र दर्शनबाट ७ लाख, ५९ हजार ७ सय ८५ रुपैयाँ नगद आम्दानी भएको छ ।

यसैगरी रंगरोगन ३ लाख ५० हजार, बिजुली डेकोरेशन २ लाख ७५ हजार, सरसफाइ १ लाख ५ हजार, शान्ति सुरक्षा ४५ हजार, मर्मत सम्भार २ लाख ३१ हजार, अतिथि सत्कार २५ हजार, कर्मचारीको दसैं खर्च ९१ हजार ९ सय २० र विविध ६५ हजार ८० रुपैयाँ गरी कूल ११ लाख, ८८ हजार रुपैयाँ खर्च भएको छ ।

कार्यक्रममा बोल्दै पीठाधिश ठाकुरले यस वर्ष दसैंमा आम्दानी बढी र खर्च कमी भएकोले ३ लाख ३७ हजार ७ सय ८५ रुपैयाँ बचत भएको बताए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ८ : ०८ बजे

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा

मोरिन्होको सुखद सुरुवात: इन्जुरी समयको गोलमा रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – मुख्य प्रशिक्षक जोसे मोरिन्होको दोस्रो कार्यकालको पहिलो प्रतिस्पर्धात्मक

हलेसी तुवाचुङका तीन विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर

खोटाङ – हलेसी तुवाचुङ नगरपालिकाले आफ्नै लगानीमा घर निर्माण गर्न

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

तीन वर्षीया बालिका हत्या प्रकरण: सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति

काठमाडौँ – बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका