पाँच दिनदेखि बेपत्ता पथप्रर्दशकको शव फेला | Khabarhub Khabarhub

पाँच दिनदेखि बेपत्ता पथप्रर्दशकको शव फेला


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोरखा-  उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथप्रर्दशकको शव भेटिएको छ । सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गाउँपालिका–१ घर भएका ३८ वर्षीय पथप्रर्दशक फुछेत्तर लामाको आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिए।

यही असोज २० गते दुई जर्मन नागरिकलाई मनाङको भीमथाङ छाडेर फर्कनुभएका लामा फर्कने क्रममा एक्कासि बेपत्ता भएका थिए। लामासँगै गएका चुमनुब्री गाउँपालिका–२ का फूर्वा लामाले सामागाउँ प्रहरी चौकीमा पथप्रर्दशक लामा बेपत्ता भएको बारेमा जानकारी दिएपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो ।

‘घटनाको दुई दिनपछि २२ गतेमात्र गाइड हराएको भन्ने बारेमा सँगै गएका पोर्टरले खबर गरेपछि उहाँ बेपत्ता भएको थाहा भएको हो’, प्रहरी उपरीक्षक खनालले भने, ‘घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजी गर्दा आज शव फेला प¥यो ।’ लामाको शव उद्धार गरी सामागाउँमा ल्याई मुचुल्का तयार पारेर एभरेष्ट एयरको हेलिकप्टरमार्फत शव परीक्षणका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ९ : १५ बजे

एनसेलको शेयर खरिदबिक्रीबारे लेखा समितिले आज छलफल गर्ने

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेलको शेयर

अराजकता हटाउन एमालेको जागरण अभियान

नेकपा (एमाले)ले यतिबेला सिङ्गो मुलुकलाई सामाजिक सद्भावका साथ राष्ट्रिय एकतामा

स्रोत नखुलेको रकमसहित एकजना पक्राउ

काभ्रेपलाञ्चोक– प्रहरीले काभ्रेको बनेपाबाट खरिदको स्रोत नखुलेका गरगहना र रकमसहित

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री दाहाल अस्पतालमा

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको

अझ बलियो बन्दै बिजेपी

भारतमा हालै भएको निर्वाचनमा तीन राज्यमा भारतीय जनता पार्टी (बिजेपी)