अवस्था ठीक नबनाई गाडी चलाएका चालक कारबाहीमा | Khabarhub Khabarhub

अवस्था ठीक नबनाई गाडी चलाएका चालक कारबाहीमा


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपत्यका ट्राफिक प्रहरीले अवस्था ठीक नभएका माइक्रोबस, भ्यान र टाटासुमोलगायतका २५ वटा भाडाका सवारी साधनलाई आज कारबाही गरेको छ ।

भक्तपुरको जगातीमा आज गरिएको विशेष यान्त्रिक जाँचका क्रममा अन्य १६ वटा गाडीलाई नियन्त्रणमा लिई यातायात व्यवस्था विभाग, सवारी परीक्षण कार्यालय टेकु पठाइएको छ ।

दिउँसो तालिम प्राप्त प्राविधिकसहितको टोलीद्वारा गरिएको जाँचका क्रममा ह्याण्डब्रेक, लाइट नभएका र टायर धेरै घिस्रिएकालगायत अवस्था ठीक नभएका सवारी साधन सञ्चालन भएको पाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह–प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश निष्ट क्षेत्रीले जानकारी दिए ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्नसक्ने भएकाले सम्भावित जोखिम कम गर्न आज दिउँसो सवारी साधनको अवस्था जाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक दलराम टमटाको नेतृत्वमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगाती क्षेत्रमा खटिएको थियो ।

उक्त जाँच अभियान गत भदौ १५ गतेदेखि सञ्चालन गरिएको थियो । प्रहरीले सम्पूर्ण यातायात व्यवसायी, सवारी धनी तथा चालकलाई आफ्नो सवारी साधनको अवस्था दुरुस्त बनाएर मात्र चलाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : ०५ बजे

एमालेका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा

काठमाडौंं – नेकपा (एमाले)का मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट

महामन्त्री निस्किन खोजेपछि रविले गरे बैठक स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक केहीबेरका

कृष्णसार संरक्षणमा प्रदेश सरकार गम्भीर बन्नु पर्नेमा जोड

बर्दिया – लुम्बिनी प्रदेशसभा, अर्थ, उद्योग तथा पर्यटन समितिले बर्दियाको

विमानस्थलबाट विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ

काठमाडौं– अवैध रूपमा विदेशी मुद्रा बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा

आजका समाचार : रास्वपा बैठकमै विवाद, मुकुलले मुखमा टेप टाँसे, एमालेले समर्थन फिर्ता लियो 

एमालेले फिर्ता लियो सरकारको समर्थन, मन्त्रीहरूले राजीनामा बुझाउँदै नेकपा (एमाले)