पहिरोले बैतडीमा चार घर र एक विद्यालयमा क्षति « Khabarhub

पहिरोले बैतडीमा चार घर र एक विद्यालयमा क्षति


२५ आश्विन २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बैतडी – पहिराले बैतडीका चार घर र एक विद्यालयमा क्षति पु¥याएको छ । लगातारको वर्षाका कारण खसेको पहिराले जिल्लाको सुर्नया गाउँपालिका–७ बान्नी टोलका रामबहादुर कुँवर र हर्कबहादुर कुँवरका छरछ कोठे घर भत्किएका हुन् ।

घर माथिबाट खसेको पहिरोले घर भत्किएका हुन् । पहिरोले मानवीय क्षति भने नभएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

यस्तै पत्थरले छाएका घर भत्किँदा गोठमा बाँधेका पशुचौपाया घाइते भएको बताइएको छ । पहिरोले घर भत्किँदा गोठमा बाँधेका दुई भैँसी, दुई गाई र १० बाख्रा पनि घाइते भएका जनाइएको छ । पहिरोले घर भत्किएर विस्थापित परिवार आफन्तको आश्रयमा बसेका स्थानीय लोकबहादुर कुँवरले जानकारी दिए ।

पहिराकै कारणले सिगास गाउँपालिका–५ हरडाखानीका रामसिंह धामी र प्रेमसिंह धामीको घरमा पहिरोले क्षति पु¥याएको छ ।

स्थानीय पद्म साउँदका अनुसार पहिरोले दुवै जनाको घर पूर्णरूपमा क्षति भएको छ । पहिरोले घर भत्काएपछि अहिले धामी परिवार छिमेकीको शरणमा बस्दै आएका छन् ।

वर्षाका कारण एक विद्यालय भवन पनि भत्किएको छ । पाटन नगरपालिका–३ बुङ्डास्थित सिगास आधारभूत विद्यालयको तीन कोठे भवन भत्केको हो ।

वर्षाकै कारण घरको आँगनबाट पहिरो जाँदा दोगडाकेदार–४ ढाणका अम्बादत्त भट्टको घर जोखिममा परेको खोचलेक प्रहरी चौकीका इन्चार्ज मानसिंह पन्तले बताए।

यस्तै दोगडाकेदार–३ कलौनामा पहिरोले खेत बगाएको छ । पाँच दिनदेखिको वर्षाले यहाँको जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : १६ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल