प्रदर्शनकाे तेस्रो सातामा ‘महापुरूष’ : बढ्दै छ दर्शकको माया | Khabarhub Khabarhub

प्रदर्शनकाे तेस्रो सातामा ‘महापुरूष’ : बढ्दै छ दर्शकको माया


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत कात्तिक ११ गतेदेखि प्रदर्शनरत फिल्म ‘महापुरूष’ तेस्रो सातामा प्रवेश गरेको छ। प्रदर्शनको तेस्रो सातामा दुई विदेशी फिल्मसँग टक्कर गरिरहेको फिल्मको शो घटेको छैन । सामान्य शो कटौतीबाहेक अन्य यथावत् छ। फिल्म हेर्न परिवार नै आइरहेकाले हल संचालकले समेत शो दिएका छन् ।

प्रदर्शनको दुई सातामा यसले सात करोड ग्रस कलेक्सनको व्यापार गरेको छ। मल्टिप्लेक्स चेन क्युएफएक्सले मात्रै देशभरका आफ्ना आउटलेटमा २१ शो पाएको छ । क्युएफएक्सअन्तर्गत दरबार सिनेम्याक्समा १ शो, भक्तपुरमा रहेको क्युएफएक्समा ३ शो, लबिम मलमा ४ शो, सिभिल मलमा ३ शो, ठमेलमा रहेको छायाँ सेन्टरमा १ शो दिएको छ । क्युएफएक्सकै मोफसल अन्तर्गत नेपालगन्जमा १ शो, वुटवलमा २ शो, दमौलीमा १ शो, नारायणघाटमा रहेको जलमामा २ शो, विराटनगरमा १ शो, विर्तामोडमा २ शो दिएको छ ।

काठमाडौँमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा १ शो, दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा १ शो, सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा १ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा २ शो रहेको छ। बानेश्वरमा रहेको वान सिनेमाजमा २ शो र कालीमाटीमा २ शो दिएको छ । यस्तै, आइएनआइ सिनेमाज अन्तर्गत लोत्से मलमा ३ शो र बुटवलमा रहेको आइएनआइमा ३ शो दिएको छ ।

दर्शकले देखाइरहनुभएको मायाले आउँदो दिनमा शो बढ्ने निर्देशक प्रदीप भट्टराईले बताए । ‘नयाँ फिल्म आएसी पुरानोलाई कम विश्वास गर्ने प्रचलन नै छ। तर, दर्शकले खोज्नु भएपछि शो बढ्नेमा विश्वस्त छौँ । फिल्म हेर्न सपरिवारनै आउने क्रम बढिरहेको छ’, निर्देशक भट्टराईले बताए ।

कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँले फिल्म हेर्न आएका दर्शकहरू सन्तुष्ट रहेको बताए। ‘फिल्म हेर्न आउनुभएका दर्शकहरू सन्तुष्ट हुनुहुन्छ । यसले हामी प्रतिको विश्वास टुटेको छैन। दर्शकहरूले नै अरूलाई फिल्म हेर्न सिफारिस गरिरहनुभएको छ । यो हाम्रो लागि सशक्त प्रचारप्रसार हो’, कार्यकारी निर्माता बानियाँले भने ।

यस्तै, फिल्म नेपालसँगै संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया, क्यानाडामा प्रदर्शन भइरहेको छ । ‘फिल्म छिटै नै युरोपमा प्रदर्शन हुँदै छ । अन्य देशमा समेत तयारी छ । फिल्मले पाइरहेको प्रतिक्रियाले विदेशमा डिमाण्ड बढ्दो छ’, निर्माता दीपेश खत्रीले बताए ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् ।

फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबास गर्ने अवकाशप्राप्त शिक्षकमार्फत पिता र एकल पुरुषसँगै एक्लोपन कथा फिल्ममा देखाइएको छ। भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रूपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रूपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य /शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली, मिडिया कसल्टेन दिनेश सिटौला फिल्म्स, पब्लिसिटी डिजाइन ट्राइडेन्ट, सहायक निर्देशक शान्तिम कोइराला र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  १ : ४० बजे

महानगरभित्र ११ ब्रान्डका पानीमा कोलिफर्म भेटियो, विक्री वितरणमा रोक

काठमाडौं– काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि

नागरिकले ज्यान बचाउन गुहार मागिरहँदा माला थाप्न ब्यस्त थिए कार्यवाहक प्रधानमन्त्री

काठमाडौं- शनिबार सबेरै बिहान ललितपुरको नख्खु खोलाले घेरेपछि घण्टौंसम्म गुहार

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो

काठमाडौं– पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३५ जनाको

पृथ्वीराजमार्गको वैकल्पिक सडक बुद्धसिंह मार्ग तीन दिनदेखि अवरुद्ध

तनहुँ– पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा रहेको बुद्धसिंह मार्ग तीन दिनदेखि

पहिरोमा पुरिएका चार जना अझै बेपत्ता

दोलखा– दोलखाको बिगु गाउँपालिका–१ लामाबगरस्थित चार सय ५६ मेगावाटको माथिल्लो