डेंगु संक्रमितको संख्या २४४ नाघ्यो  | Khabarhub Khabarhub

डेंगु संक्रमितको संख्या २४४ नाघ्यो 


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङमा डेंगु संक्रमितको संख्या २४४ नाघेको छ । गत १४ भदौदेखि १२ कात्तिकसम्ममा १३९ पुरुष र १०५ महिलालाई डेंगु संक्रमण पुष्टि भएको हो ।

जिल्ला अस्पतालका अनुसार गत भदौमा सात महिला र १४ पुरुष, असोजमा ८१ महिला र १०९ पुरुष, कात्तिकमा १७ महिला र १६ पुरुषलाई डेंगु संक्रमण भएको हो । १२ कात्तिकयताको संक्रमितको तथ्यांक भने आउन बाँकी छ । 

तथ्यांकीय हिसाबले असोजको तुलनामा कात्तिकमा संक्रमितको संख्या घट्दो दरमा रहेको जिल्ला अस्पतालले जनाएको छ । अधिकांश डेंगु संक्रमित निको भइसकेका छन् भने केही बिरामी अहिले पनि उपचारमा छन् । असोजमा एकै दिन तीन चारजनासम्म डेंगुका बिरामी भेटिएको अस्पतालले जनाएको छ । 

डेंगु संक्रमित बिरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने र आँखा पछाडिको भाग दुख्नेलगायतका लक्षण देखिने गरेको जिल्ला अस्पतालका डा। नितु लामाले बताइन् । सिकिस्त अवस्थाका बिरामीलाई अस्पतालमा भर्ना गरेर उपचारको प्रबन्ध मिलाइएको छ । शरीरमा सेतो रगत कम भएका १५ वर्षका एक बिरामीलाई भने अन्यत्र रेफर गरिएको अस्पतालले जनाएको छ ।

यो सिजनमा खोटाङमा विगतका वर्ष पनि डेंगुका बिरामी भेटिने गरेको थियो । बढ्दो डेंगु संक्रमण रोक्न दिक्तेल रुपाकोट मझवागढी नगरपालिकाले असोज पहिलो हप्ता दिक्तेल बजारमा डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान चलाएको थियो । 

यस्तै खोटाङमा स्क्रवटाइफसका बिरामीको संख्या सात पुगेको छ । भदौमा चार महिला, असोजमा दुई पुरुष र कात्तिकमा एक पुरुषलाई स्क्रवटाइफस पुष्टि भएको अस्पतालले जनाएको छ । 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ३ : ३३ बजे

दाङ, बाँके, बर्दियामा अति भारीसम्म वर्षा

काठमाडौं– दाङ, बर्दिया र बाँकेमा पछिल्लो समयमा अति भारी वर्षा

हेर्नुहोस् पूर्व-पश्चिम रेलमार्गको अवस्था (तस्बिरहरू)

काठमाडौं– सरकारले ल्याएको महत्वाकांक्षी परियोजना पूर्व-पश्चिम रेलमार्गको प्रगति निकै सुस्त

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १९ सय रुपैयाँले

ट्रक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

उदयपुर– उदयपुरगढी गाउँपालिका–७ मदन भण्डारी मार्गस्थित जोगीपोखरीमा ट्रक दुर्घटना हुँदा

वर्षायाममा हुने छालाको सङ्क्रमण र बच्ने उपाय

काठमाडौं – अहिले हामी वर्षायामको मध्य समयमा छौं । देशका