‘जनताका समस्या समाधान गरेर राजनीतिलाई सेवा बनाउँछु’ « Khabarhub

‘जनताका समस्या समाधान गरेर राजनीतिलाई सेवा बनाउँछु’


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


252
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका शिशिर खनालले जनताका समस्या समाधान गरेर राजनीतिलाई सेवाको रुपमा रूपान्तरण गर्ने बताएका छन्। 

सांसद भएर संसदमा प्रवेश गरेपछि निरन्तर जनताको सम्पर्क र माझमा रहेर उनीहरूको समस्यालाई समाधान गर्न आफू क्रियाशील रहने बताएका उनले युवा उद्यमशीलता र सरकारी विद्यालय शिक्षामा गुणस्तरमा विशेष जोड दिने बताए । 

टिच फर नेपाल संस्थाका सहसंस्थापक तथा उद्यमीसमेत रहेका खनालले शिक्षा र स्वास्थ्यको क्षेत्र सुधारका लागि केही कानुन आवश्यक रहेकाले ऐन ल्याउन पहल गर्ने बताए । उनका अनुसार आवश्यक शिक्षा ऐन नबन्दा लाखौं विद्यार्थीलाई असर गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले युवा, शिक्षा, उद्यमशीलतामा काम गर्नुपर्ने बताए । यसमा आफ्नो जोड रहने उनको भनाइ छ । 

चुनावी प्रचारका क्रममा मतदाताले सडक र खानी पानी समस्याबारे जानकारी गराएकाले यसको समाधानका लागि पनि काम गर्नुपर्ने उनको भनाइ छ । यी सब काम गर्न जनताले आगामी निर्वाचनमा आफूलाई जनताले मत दिएर संसद्‌मा प्रतिनिधिको रुपमा पठाउनुपर्ने उम्मेदवार खनालले बताए । सार्वजनिक नीति भएको र शिक्षाको क्षेत्रमा आफूले काम गरेकाले यही क्षेत्रमा आवश्यक नीति निर्माणको काम गर्ने उनले प्रतिबद्धता जनाए । 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : ०८ बजे

करदाता प्रोत्साहन कार्यक्रमको बम्पर उपहार घोषणा, सन्तमायाले जितिन् १० लाख रुपैयाँ

काठमाडौं– नुवाकोटकी सन्तमाया तामाङले ३ हजार रुपैयाँको सामान खरिद गर्दा

लोकतान्त्रिक बाटोबाटै सरकार बदल्छौँ : अभिनेता प्रकाश राज

काठमाडौं – भारतीय अभिनेता प्रकाश राजले भारतमा सरकार परिवर्तनका लागि

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

लमजुङ– हिजोआज गाउँका भित्ता रातो माटो र कमेरोले रँगिन छाडेका

‘तेस्रो विश्वयुद्धजस्तै अवस्था’ भन्दै कंगनाले किन सम्झिइन् मोदीको नेतृत्व ?

काठमाडौं – बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टी (भाजपा) की

बाघ शिकारीको भूमिकामा अक्षय कुमार, प्रियदर्शनसँग फेरि सहकार्य

काठमाडौं – बलिउड अभिनेता अक्षय कुमार र निर्देशक प्रियदर्शन नयाँ