‘जनताका समस्या समाधान गरेर राजनीतिलाई सेवा बनाउँछु’ « Khabarhub

‘जनताका समस्या समाधान गरेर राजनीतिलाई सेवा बनाउँछु’


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका शिशिर खनालले जनताका समस्या समाधान गरेर राजनीतिलाई सेवाको रुपमा रूपान्तरण गर्ने बताएका छन्। 

सांसद भएर संसदमा प्रवेश गरेपछि निरन्तर जनताको सम्पर्क र माझमा रहेर उनीहरूको समस्यालाई समाधान गर्न आफू क्रियाशील रहने बताएका उनले युवा उद्यमशीलता र सरकारी विद्यालय शिक्षामा गुणस्तरमा विशेष जोड दिने बताए । 

टिच फर नेपाल संस्थाका सहसंस्थापक तथा उद्यमीसमेत रहेका खनालले शिक्षा र स्वास्थ्यको क्षेत्र सुधारका लागि केही कानुन आवश्यक रहेकाले ऐन ल्याउन पहल गर्ने बताए । उनका अनुसार आवश्यक शिक्षा ऐन नबन्दा लाखौं विद्यार्थीलाई असर गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले युवा, शिक्षा, उद्यमशीलतामा काम गर्नुपर्ने बताए । यसमा आफ्नो जोड रहने उनको भनाइ छ । 

चुनावी प्रचारका क्रममा मतदाताले सडक र खानी पानी समस्याबारे जानकारी गराएकाले यसको समाधानका लागि पनि काम गर्नुपर्ने उनको भनाइ छ । यी सब काम गर्न जनताले आगामी निर्वाचनमा आफूलाई जनताले मत दिएर संसद्‌मा प्रतिनिधिको रुपमा पठाउनुपर्ने उम्मेदवार खनालले बताए । सार्वजनिक नीति भएको र शिक्षाको क्षेत्रमा आफूले काम गरेकाले यही क्षेत्रमा आवश्यक नीति निर्माणको काम गर्ने उनले प्रतिबद्धता जनाए । 

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : ०८ बजे

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं