तपाईं मत बदल्नुस्, हामी अवस्था बदल्छौँ : अध्यक्ष लिङ्देन « Khabarhub

तपाईं मत बदल्नुस्, हामी अवस्था बदल्छौँ : अध्यक्ष लिङ्देन


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

वालिङ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले मत बदले देशको अवस्था राप्रपाले बदल्ने बताएका छन् । स्याङ्जाको वालिङमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले देशमा ठूला भनिएका पार्टी तथा नेतालाई धेरै पटक विजयी बनाए पनि देशको अवस्था उही रहेकाले एकपटक राप्रपालाई मतदान गर्न आग्रह गरेका छन् ।

‘कांग्रेस, कम्युनिष्टलाई धेरै पटक विजयी बनाउनुभयो, मत बदल्नुभएन र देशको अवस्था उही रह्यो’, उनले भने, ‘एकपटक मनलाई मतसँग जोड्नुहोस् र मत बदल्नुहोस्, हामी देशको अवस्था बदल्छौँ ।’आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन आवधिक मात्रै नभई असल पार्टी र नेता चुन्नुपर्ने उनको भनाइ थियो ।

‘यो निर्वाचन आवधिक निर्वाचन मात्रै होइन, असल पार्टी र नेता चुन्नेमात्रै होइन, विगतको समीक्षा र भविष्यको माग तय गर्ने महत्त्वपूर्ण अवसर पनि हो’, उनले भने, ‘अहिलेसम्मका निर्वाचनमा ठिक पार्टी र ठिक नेता चुन्न नसकेकै कारण दुःख पायौँ, अझै कति दुःख पाइरहने हो रु सोच्नुस् यो पटक ।’

देशलाई यो अवस्थामा पुर्‍याउनुका पछाडि पार्टी र नेतामात्रै दोषी नभई गर्दै गर्दैनन् भनेर जानीजानी उसैलाई मत दिने मतदाता पनि दोषी रहेको उनले बताए । ‘कन्यादान दिने कुरा कति पटक सोच्छौँ, के हुने हो, कस्तो घर पर्ने हो, भन्दा भन्दै त कहिलेकाहीँ झुक्किन्छौँ’, उनले भने, ‘मतदान झन ठूलो दान हो तपाईंको गलत निर्णयले तपाईंमात्रै होइन समाज र राष्ट्र नै बिग्रन सक्छ बेलैमा सचेत हौँ ।’

हिजो अर्को देशलाई सहयोग गर्ने देश आज मागी खाने, थापी खाने देशका रूपमा चित्रित भएको भन्दै उनले देशमा हाल रहेका तीन वटा सरकारलाई दुई वटामा झार्नुपर्ने बताए ।

‘म कहिले पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई गर्न पनि दिन्नँ’, उनले भने, ‘भ्रष्टाचारी प्रवृत्तिमाथि डोजर चलाउने मन छ, म एक्लै संसद्मा पुगेर आवाज पुगेन, अरु पनि साथी सहयोगी पठाइदिनुहोस् भन्न स्याङ्जा आएको हुँ, तपाईंको सहयोग माग्न आएको हुँ ।’

चुनावीसभामा अभिनेत्री मनिषा कोइरालाले बिपीले अगाडि सार्नुभएको विचारजस्तै अहिले राप्रपाका विचार पनि मिल्ने भएकाले आफू पनि राप्रपाकै साथमा रहेको बताए । चुनावीसभामा राप्रपाबाट स्याङ्जा क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार लालगोपाल अर्याल, प्रदेश (१)का उम्मेदवार सागर गैह्रे, प्रतिनिधिसभाको समानुपातिकका उम्मेदवार देवी पराजुलीलगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ७ : ५६ बजे

मतदाता आकर्षित गर्न आ–आफ्नै ‘एजेन्डा’

काठमाडौं– यसअघिका संसदीय निर्वाचनमा सिट सङ्ख्याका आधारमा निर्णायक भूमिकामा नरहेका

पहाडी वनको ‘मदना चाँचर’ शुक्लाफाँटामा

कञ्चनपुर– जैविक विविधताले भरिपूर्ण शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक ‘मदना चाँचर’

विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर–८ अन्तर्गत आज समूह ‘दुई’का

गुर्जावासीको दिनभरको यात्राअवधि साढे दुई घण्टामा छोटियो

गुर्जा– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जा गाउँ जोड्ने सडक निर्माण अन्तिम

संखुवासभा–ताप्लेजुङ सीमामा ४.७ म्याग्निच्युडको भूकम्प

काठमाडौं- संखुवासभा र ताप्लेजुङको सिमाना क्षेत्रमा आज बिहान भूकम्पको धक्का