पाकिस्तानी प्रहरीद्वारा बन्धक बनाइएकी ९ वर्षीया बालिका मुक्त « Khabarhub

पाकिस्तानी प्रहरीद्वारा बन्धक बनाइएकी ९ वर्षीया बालिका मुक्त


२५ कार्तिक २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानी प्रहरीले बन्धक बनाइएकी एक जना ९ वर्षीया बालिकालाई मुक्त गरेको छ । पाकिस्तानी सहर फैसलावादको मदिना टाउनमा प्रहरीले ९ वर्षीया बालिकको उद्धार गरेको हो । मदिना टाउनको इडेन भ्याली क्षेत्रमा घरायशी कामदारका रुपमा कार्यरत उनलाई साङ्लोले बाँधेर बन्धक बनाइएको थियो ।

घरबाट भाग्न नदिन उनलाई घरधनी र उनका रोजगारदाताले साङ्लोले बाँधेर राखेका थिए । यसबाहेक उनलाई यातना समेत दिइएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ । बालिकालाई बन्धक बनाइएको सूचना पाएपछि प्रहरीले छापा मारेको थियो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले घरधनी आशिफ र उनकी श्रीमती आलिया बिबीलाई पनि पक्राउ गरेको डनले जनाएको छ ।

मारिया बिबी नाम गरेकी ती बालिकालाई मासिक २ हजार पाकिस्तानी रुपैयाँमा घरायशी काम गराउन उनकी आमा रसूलान बिबीले रोजगारदाताको जिम्मा लगाएकी थिइन् । उनका रोजगारदाताले उनलाई दैनिक यातना दिँदै आएका थिए । उनीहरुले ती बालिकाको छाला तातो चक्कुले समेत काट्ने गरेका थिए ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ८ : १९ बजे

उम्मेदवार खेरेललाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न आयोगको निर्देशन

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दोलखाका उम्मेदवार जगदीश खरेललाई

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ