टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन « Khabarhub

टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँले तेस्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिताको उपाधि जितेको छ। काठमाडौँ ४ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो।

नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा सर्लाही समान २–२ स्वर्ण र रजतसाथ दोस्रो भयो। तेस्रो स्थानको सिन्धुपाल्चोकले १ स्वर्ण, ३ रजत र १ कांस्य जित्यो। धनगढीले १ स्वर्ण प्राप्त गर्‍यो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा काठमाडौँका विजय थापा तथा महिलामा काठमाडौँकै सुस्मिता दनुवार राई उत्कृष्ट खेलाडी घोषित भए।

पुरुषको ३०.५–३५ केजीमा काठमाडौँका लोकेन्द्र तामाङ, ३५.५–४० केजीमा सर्लाहीका कृषण पण्डित, ४०.५–४५ केजीमा धनगढीका नितेश कठायत, ४५.५–५० केजीमा काठमाडौँका विजय थापा, ५०.५–५५ केजीमा काठमाडौँका सुनिल विष्ट र ५५.५–६० केजीमा काठमाडौँका सुमन तामाङले स्वर्ण जिते।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला ५० केजीमुनि सिन्धुपाल्चोककी जमुना दनुवार तथा ५० केजीमाथि सर्लाहीकी चान्द यादवले पहिलो स्थान हात पारे। पदक विजेता र उत्कृष्ट सबै खेलाडीले नगद पुरस्कार प्राप्त गरे।

विजेतालाई टाखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरी, आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापा, जितकुन्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक सिफु जोक्युन मार्सिलोलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दुई दिने प्रतियोगिताअन्तर्गत पुरुषमा १ सय १० र महिलामा ४० गरी १ सय ५० खेलाडी सहभागी थिए। पुरुषमा ६ तथा महिलामा २ गरी ८ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताअघि संघको आयोजनामा सातौँ अन्तर्राष्ट्रिय जितकुन्डो सेमिनार आयोजना गरिएको थियो। राखेपमै भएको दुई दिने सेमिनारमा नेपाल, भारत, बंगलादेश र श्रीलंका सहभागी थिए।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : ५७ बजे

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर

तीन ठूला नेता भेटेपछि सरकारका प्रवक्ता : फागुन २१ गतेको चुनाव अब सुनिश्चित भयो

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार एकै दिन

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य