पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी  « Khabarhub

पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी 


१९ माघ २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


618
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ । यतिबेला देशभरी नै राजनीतिक दल, उम्मेदवार र आम राजनीतिकर्मी आ–आफ्नो पक्षको प्रचार–प्रसारमा जुटिरहेका छन् ।

तर, विशेष महाधिवेशनबाट अचानक बाहिरिनुपरेको नेपाली कांग्रेसको एउटा नेतृत्व समूहलाई भने निर्वाचनले धेरै छुन सकेको छैन ।

विशेष महाधिवेशनबाट अचानक पदविहीन र टिकटविहीन हुन पुगेका केही नेताहरूले अझै काठमाडौं समेत छाडेका छैनन् भने केही नेता ढिलोगरी जिल्ला पुग्न थालेका छन् ।

विगतका चुनावमा होमिएको कांग्रेस नेतृत्वको एउटा टिम अहिलेसम्म निर्वाचन प्रचार–प्रसार भन्दा बाहिर नै छ । सो कारण यसपाली केही जिल्लाका चुनावी प्रचार अभियानमा कांग्रेसका मतदाताले पुराना अनुहार देख्न पाएका छैनन् ।

पूर्व सभापतिदेखि वरिष्ठ नेताहरू काठमाडौंमै, केही जिल्ला जाँदै

विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नेपाली कांग्रेस चुनावी प्रचारमा जुट्दा पूर्व सभापति शेरबहादुर देउवाले भने काठमाडौं छाड्ने संकेत देखाएका छैनन् । 

यो चुनावमा आफैँले टिकट लिएर अन्तिम पटक लड्ने इच्छा प्रकट गरेका उनी टिकट नपाएपछि पार्टी र पार्टीका उम्मेदवारको पक्षमा चुनाव प्रचारमा नजाने देखिएको छ ।

देउवा जेन-जी आन्दोलनको क्रममा घाइते पनि भएका थिए । उनी पछिल्लो समयमा उमेर र स्वास्थ्य दुवै कारणले सार्वजनिक कार्यक्रममा पनि देखिएका छैनन् । देउवा पत्नी आरजु झन् लामो समयदेखि राजनीतिक कार्यक्रममा नै देखिएकी छैनन् ।

त्यस्तै, कांग्रेसका पूर्व उपसभापति तथा जेन-जी आन्दोलन पछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी पाएका पूर्णबहादुर खड्कालाई पनि चुनाव लागेको देखिँदैन । 

उनी चुनावको बेलामा जिल्ला दौड गर्ने भन्दा पनि पार्टीको विशेष महाधिवेसनबाट बाहिरिएकाको नेतृत्व गर्दै अदालत धाउनेमा बढी समय खर्च गरिरहेका छन् ।

तर, अर्का पूर्व उपसभापति धनराज गुरुङ भने आफ्नो जिल्ला स्याङ्जा पुगेर निर्वाचन प्रचारमा जोडिएका छन् । कांग्रेसमा तत्कालीन समयमा ७ भाइ भनेर चिनिएकामध्ये प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शशांक कोइरालालाई पनि यसपालीको चुनाव लागेको देखिँदैन । 

उनीहरू सबै राजधानी र त्यसमा पनि आफ्नै घरमा सीमित छन् । साथै, उनीहरूले आफ्नो पार्टीको तर्फबाट उम्मेदवार बनेकाहरूलाई सार्वजनिक रूपमा शुभकामना समेत दिएको देखिँदैन ।

तर, ७ भाइको समूहमा रहेका बिमलेन्द्र निधि, विजयकुमार गच्छदार र प्रकाशशरण महतले भने टिकट पाए । टिकट पाएसँगै उनीहरू अहिले चुनावी प्रतिस्पर्धाको मैदानमा छन् ।

शरणार्थी प्रकरणमा जोडिएका नेता बालकृष्ण खाँणलाई पनि यसपटक चुनावी माहौलले छोएको देखिँदैन । यसपटक उनी र उनकी पत्नी मञ्जु खाँण दुवैले टिकट पाएनन् । जसले गर्दा उनीहरू दुवै चुनावी मैदानमा देखिएका छैनन् ।

जेनजी आन्दोलनदेखि सार्वजनिक कार्यक्रममा कम देखिएका नेता रमेश लेखक सोमबार मात्रै कञ्चनपुर स्थित आफ्नो घर पुगेका छन् । उनी अब चुनावी अभियानमा जोडिएर काम गर्ने उनको सचिवालयले जनाएको छ ।

कांग्रेस सिन्धुपलान्चोकका बलिया नेता मोहनबहादुर बस्नेतमाथि टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेको छ । उनले पनि विशेष महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्वको टिमबाट बाहिर परे । जसले गर्दा उनी पनि चुनावी प्रचारमा जोडिएको देखिँदैन ।

नेता रामहरि खतिवडा र जीवन परियार ।भने आफूले टिकट नपाए पनि जिल्ला पुगेर आफ्नो पार्टीको उम्मेदवारको पक्षमा चुनाव प्रचारमा जोडिएका छन् । बद्री प्रसाद पाण्डे सोमबारबाट मात्रै आफ्नो गृह जिल्ला पुगेर चुनावी प्रचारमा जोडिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, जबकी उनी लामो समयसम्म काठमाडौंमा नै अल्मलिएका थिए ।

विशेषगरी पूर्व सभापति शेरबहादुर देउवाको समूहमा लामो समयदेखि जोडिएर कांग्रेसको राजनीति गरेका केन्द्रदेखि स्थानीय तहसम्मका केही नेता तथा कार्यकर्ताहरू निर्वाचनमा निष्क्रिय रहेको कांग्रेस स्रोतले जनाउने गरेको छ । 

तर, पार्टीका नवनिर्वाचित सभापति गगन थापाले भने सबै पक्षलाई मिलाएर लैजान र परिचालन गर्न खोजिरहेकोले सीमित व्यक्ति बाहेक अहिलेसम्म निष्क्रिय रहेका अधिकांश नेता तथा कार्यकर्ता परिचालन हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १९ माघ २०८२, सोमबार  १ : ५९ बजे

आजका समाचार : हटाइयो सुकुम्बासी बस्ती, ७२ सालको भूकम्पमा ढलेका संरचना अलपत्र, इरानी विदेशमन्त्री पाकिस्तानमा र यूएईविरुद्ध नेपाल विजयी

गैरीगाउँको सुकुम्बासी बस्ती हटाउन सुरुकाठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती

वास्तविक सुकुम्बासी व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकुम्बासी बस्ती

गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर, यस्तो देखियो ड्रोनबाट (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँस्थित सुकुम्बासी बस्ती हटाउने अभियान जारी

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौं- मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको

उपत्यकामा नदी किनारका बस्ती हटाउने अभियान जारी

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी