टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन « Khabarhub

टोखा मेयर कप जितकुन्डोमा काठमाडौं च्याम्पियन


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँले तेस्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिताको उपाधि जितेको छ। काठमाडौँ ४ स्वर्ण, ३ रजत र ७ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो।

नेपाल जितकुण्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगितामा सर्लाही समान २–२ स्वर्ण र रजतसाथ दोस्रो भयो। तेस्रो स्थानको सिन्धुपाल्चोकले १ स्वर्ण, ३ रजत र १ कांस्य जित्यो। धनगढीले १ स्वर्ण प्राप्त गर्‍यो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुषमा काठमाडौँका विजय थापा तथा महिलामा काठमाडौँकै सुस्मिता दनुवार राई उत्कृष्ट खेलाडी घोषित भए।

पुरुषको ३०.५–३५ केजीमा काठमाडौँका लोकेन्द्र तामाङ, ३५.५–४० केजीमा सर्लाहीका कृषण पण्डित, ४०.५–४५ केजीमा धनगढीका नितेश कठायत, ४५.५–५० केजीमा काठमाडौँका विजय थापा, ५०.५–५५ केजीमा काठमाडौँका सुनिल विष्ट र ५५.५–६० केजीमा काठमाडौँका सुमन तामाङले स्वर्ण जिते।

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला ५० केजीमुनि सिन्धुपाल्चोककी जमुना दनुवार तथा ५० केजीमाथि सर्लाहीकी चान्द यादवले पहिलो स्थान हात पारे। पदक विजेता र उत्कृष्ट सबै खेलाडीले नगद पुरस्कार प्राप्त गरे।

विजेतालाई टाखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, टोखा नगरपालिका वडा ४ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, आयोजक संघका अध्यक्ष रामबहादुर ठकुरी, आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापा, जितकुन्डोका अन्तर्राष्ट्रिय प्रशिक्षक सिफु जोक्युन मार्सिलोलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

दुई दिने प्रतियोगिताअन्तर्गत पुरुषमा १ सय १० र महिलामा ४० गरी १ सय ५० खेलाडी सहभागी थिए। पुरुषमा ६ तथा महिलामा २ गरी ८ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताअघि संघको आयोजनामा सातौँ अन्तर्राष्ट्रिय जितकुन्डो सेमिनार आयोजना गरिएको थियो। राखेपमै भएको दुई दिने सेमिनारमा नेपाल, भारत, बंगलादेश र श्रीलंका सहभागी थिए।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ६ : ५७ बजे

पत्रकार महासंघले भन्यो रास्वपा सांसद खरेलको पत्रिका बन्द गर्ने धम्की निन्दनीय

काठमाडौं– नेपाल पत्रकार महासंघले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद जगदिश

सरकारको नीति तथा कार्यक्रमप्रति चिकित्सकको टिप्पणी- एजेण्डाको ‘रिप्याकेजिङ’ भयो !

नेपाल चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. अनिल सिंह कार्कीले सरकारले

कांग्रेस अनुशासन समिति पुनर्गठन, तारामान गुरुङ संयोजक

 काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समिति पुनर्गठन गरेको छ।  पार्टी

इजलासमा हुल हुज्जत गरेपछि रोशनी बादी पक्राउ

काठमाडौं – फिल्म ‘लालीबजार’ प्रदर्शनको रोक्न माग राखी सर्वोच्च अदालतमा

देउवा पक्षीय कांग्रेस बागमती भेला : वृहत एकता र पुनर्जागरणको आह्वान

काठमाडौं– नेपाली कांग्रेस बागमती प्रदेशस्तरीय देउवा पक्षीय भेलाले पार्टीभित्र वृहत