कनकाई नगरभित्रका २० सुकुम्बासीलाई धनीपुर्जा | Khabarhub Khabarhub

कनकाई नगरभित्रका २० सुकुम्बासीलाई धनीपुर्जा


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

झापा – कनकाई नगरपालिकाले नगरभित्रका २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ। विश्व मानवअधिकार दिवसका अवसरमा नगरपालिकाले कनकाई–८ का सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको हो। सो अवसरमा नगर प्रमुख राजेन्द्र पोखरेलले हरेक मानिसले भूमि पाउनुपर्ने मानवअधिकारभित्रकै एउटा अधिकार भएकाले जग्गा धनीपुर्जा वितरण गरिएको बताए।

कनकाई वडा नं ८ थप ३० वटा र वडा नं ५ को ९० वटा धनीपुर्जा तयार भइसकेको जनाइएको छ। नगरमा रहेका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बासोबासीलाई धनीपुर्जा वितरण गर्ने कार्यक्रमअन्तर्गत नै नगरपालिकाले जग्गा धनीपुर्जा वितरण गरेको हो।

नगरपालिकाले तयारी धनीपुर्जा वितरण गर्ने तयारी गरे पनि भूमि आयोग झापाले प्रमाणीकरणको काम बाँकी रहेकाले प्रतिलिपिमात्र उपलब्ध गराएको छ। ‘भूमि ऐनले तथ्याङ्क सङ्कलन र धनीपुर्जा वितरणको अधिकार स्थानीय तहलाई दिएको छ’, नगरप्रमुख पोखरेलले भने, ‘छ दशकदेखि यहाँका नागरिकले धनीपुर्जा नपाएको अवस्था छ, अब त्यो अन्त्य हुन्छ।’

नगरपालिकाले गत भदौ २५ गते नै धनीपुर्जा वितरण गर्ने कार्यक्रम तय गरेको थियो। निर्वाचन आचारसंहिताका कारण शनिबारदेखि धनीपुर्जा वितरण थालिएको नगरपालिकाले जनाएको छ। कनकाइमा भूमिहीन दलितको सङ्ख्या तीन सय ३७, भूमिहीन सुकुम्बासी दुई हजार तीन सय २९ र अव्यवस्थित बासोबासीको सङ्ख्या चार हजार चार सय २५ रहेको छ। उनीहरूको लगत सङ्कलनलगायतका सबै काम सकिएको छ भने एक हजार पाँच सय ३१ बिघा जग्गाको आठ हजार सात सय ७८ कित्ता जग्गाको धनीपुर्जा वितरण गरिने छ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ८ : ३८ बजे

आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीलाई अघि बढाउनुपर्छ : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आगामी निर्वाचनमा बहुमत

नेपालमा रुबेला रोग निवारण भएको डब्ल्यूएचओको घोषणा

काठमाडौं– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालमा रुबेला रोग निवारण

सरकारलाई जलवायुजन्य प्रकोपको तयारीमा उत्तरदायी बनाउनुपर्छ : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सांसद गगनकुमार थापाले सरकारलाई

नेपालमा अत्याधुनिक वासर ड्रायर सार्वजनिक

काठमाडौं– टीसीएल इलेक्ट्रोनिक्सले नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त सी७११०डब्ल्यूडीजी फ्रन्ट–लोड वासर

सशस्त्र प्रहरी नायव उपरीक्षक सुब्बा सम्मानित

वीरगञ्ज– सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षक लोकेन्द्र सुब्बा सम्मानित