रोनाल्डो नखेलाउनुमा पश्चात्ताप छैन : पोर्चुगल प्रशिक्षक सान्तोष | Khabarhub Khabarhub

रोनाल्डो नखेलाउनुमा पश्चात्ताप छैन : पोर्चुगल प्रशिक्षक सान्तोष


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपेली राष्ट्र पोर्चुगललाई १–० ले स्तब्ध बनाउँदै शनिबार राति अफ्रिकन राष्ट्र मोरक्को पहिलो पटक फिफा विश्वकप फुटबलको सेमिफाइनलमा स्थान बनाउन सफल भयो ।

यस खेलमा पोर्चुगलले भेट्रान स्ट्राइकर क्रिस्टियोनो रोनाल्डोलाई फेरि एकपटक ‘प्लेइङ सेट’ मा राखेन । खेलमा पराजित भएपछि पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोषले यो निर्णयमा कुनै पश्चात्ताप नभएको प्रतिक्रिया दिएका छन् ।

‘मलाई लाग्दैन कि पश्चात्ताप छ।’ खेलमा पराजित भएपछि सान्तोषले भनेका छन् । ‘रोनाल्डो महान् खेलाडी हुन् । उनी आवश्यक पनि छन् । तर, मलाई लाग्छ यो टोली स्विट्जरल्यान्डसँग राम्रो खेलेको थियो,’ उनले थपे ।

रोनाल्डो खेलको ५१औं मिनेटमा वैकल्पिक खेलाडी रुपमा मैदान प्रवेश गरेका थिए । ३९ मिनेट मैदानमा बिताउँदा ११ ‘टच’लिए । पराजित भएपछि रोनाल्डो भावुक बन्दै मैदान छाडेका थिए ।

यस अघि रोनाल्डो समूह चरणका तीनै खेलमा प्लेइङ सेटमा रहेका थिए । स्विट्जरल्यान्डसँगको अन्तिम १६ भिडन्तमा भने बेन्चमै सीमित बने । जहाँ २१ वर्षीय स्ट्राइकर गोन्कालो रामासेले ह्याट्रिक गर्दा पोर्चुगल ६–१ ले विजयी भएको थियो । खेलपछि सान्तोषले आफ्नो भविष्य राजधानी लिस्बोन फकिएपछि थाहा हुने बताए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  १० : ०८ बजे

नेपालगञ्जमा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा सामुदायिक कुकुरको बन्ध्याकरण सुरु भएको छ

ब्रेकेल प्लेक्सेस इञ्जुरीको सफल सल्यक्रिया गर्ने डाक्टरहरु सम्मानित

काठमाडौं- प्लाष्टिक सर्जरी विभाग किर्तिपुर अस्पातलले नेपालमै अध्ययन गरेर हातको

राप्रपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समितिको बैठक यही

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको