गण्डकी प्रदेशमा समानुपातिक सांसद कुन जिल्लाका कति? | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा समानुपातिक सांसद कुन जिल्लाका कति?


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकीमा समानुपातिक सांसदको सिट बाँडफाँट भएको छ। दलहरूले आफूले प्राप्त गरेका सिटहरूमा उम्मेदवार पठाएका छन्। निर्वाचन आयोगले उनीहरुलाई निर्वाचित भएको घोषणा गर्न बाँकी छ। दलहरुले पठाएका नामहरु हेर्दा समानुपातिक सांसदको बाँडफाँट जिल्लागत रुपमा समानुपातिक देखिएको छैन।

११ जिल्ला रहेको गण्डकीका तीन जिल्लाले समानुपातिक सांसद नपाउने भएका छन्। मनाङ, मुस्ताङ र तनहुँमा समानुपातिक कुनै सांसद हुने छैनन्। सबैभन्दा बढी सांसद बागलुङले पाएको छ। बागलुङबाट मात्रै विभिन्न पार्टीबाट ७ जना समानुपातिक सांसद बनेका छन्।

कास्कीबाट ५ जना, स्याङजाबाट ४ जना, लमजुङबाट ३ जना, नवलपुरबाट २ जना तथा गोरखा, पर्वत र म्याग्दीबाट १/१ सांसद बनेका छन्। योसँगै बागलुङ र कास्की जिल्ला सबैभन्दा बढी सांसद भएको जिल्ला बनेका छन्।

प्रत्यक्षबाट ४ र समानुपातिकबाट ७ सहित ११ सांसद बागलुङबाट मात्रै बनेका छन्। कास्कीमा पनि समान ११ सांसद छन्। प्रत्यक्षमा ६ र समानुपातिक ५ सांसद कास्कीबाट छानिएका हुन्। स्याङजामा ८, नवलपुरमा ६ जना सांसद बनेका छन्। गोरखा र लमजुङमा ५/५, तनहुँमा ४ तथा पर्वत र म्याग्दीमा ३/३ जना सांसद छन्। मनाङ र मुस्ताङमा २÷२ जना सांसद छन्। मनाङ, मुस्ताङ र तनहुँमा प्रत्यक्ष निर्वाचित सांसद मात्रै आएका हुन्।

गण्डकी प्रदेश सभाको आगामी कार्यकालमा २१ जना महिला सांसद हुनेछन्। संविधानले कम्तिमा ३३ प्रतिशत महिला सांसदको सहभागिता सुनिश्चित गरेपछि दलहरुले महिलालाई प्राथमिकताका साथ छनोट गरेका हुन्। सबैभन्दा धेरै कांग्रेसबाट ९ जना महिला सांसद बनेका छन् भने एमालेबाट ८ जना सांसद महिला छन्। माओवादीबाट ३ र राप्रपाबाट १ जना सांसद महिला क्लष्टरबाट आएका हुन्। दलित क्लष्टरबाट ६ जना सांसद बनेका छन्।

एमालेबाट ३, कांग्रेसबाट २ र माओवादीबाट एक जना सांसद दलित छन्। खसआर्य ३० जना र आदिवासी जनजाति २४ जना छन्। उमेरका आधारमा पनि गण्डकीका समानुपातिक सांसद युवा अवस्थाका बढी छन्।

३ जना सांसद ४० वर्षमुनिका छन् भने ११ जना ४० देखि ५० वर्ष, ९ जना ५० देखि ६० वर्ष र एकजना मात्रै ६० वर्ष उमेर कटेका छन्। यहाँ प्रत्यक्ष तर्फ पनि अधिकांश युवा अवस्थाका सांसद निर्वाचित भएका छन्।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ११ : १५ बजे

पूर्व महान्यायाधिवक्ता संग्रौलाकाे प्रश्न– ‘के संविधान खारेज गर्नु उचित हुन्छ ?’

काठमाडौं– अन्तर्राष्ट्रिय कानूनका जानकार एवं पूर्व महान्यायाधिवक्ता प्राध्यापक डा. युवराज संग्रौलाले

कालीगण्डकी करिडोर सडक अवरुद्ध

गुल्मी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी

मुस्ताङमा ‘हाइब्रिड’ स्याउ उत्पादनमा वृद्धि

मुस्ताङ– मुस्ताङमा उच्चघनत्व प्रविधिमा आधारित ‘हाइब्रिड’ स्याउको उत्पादन भइरहेको छ

त्रिभुवन विश्वविद्यालयको पढाइ छठसम्म बन्द

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म विश्वविद्यालयको सम्पूर्ण पठनपाठन

कास्की र म्याग्दी कारागारबाट भागेका कैदी पक्राउ

बागलुङ– जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४