मिर्गौलाको पत्थरी भएको कसरी थाहा पाउने ? « Khabarhub

मिर्गौलाको पत्थरी भएको कसरी थाहा पाउने ?

समयमै जाँच गर्दा ठूलो क्षतिबाट बच्न सकिन्छ


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पछिल्लो समय धेरै मानिसमा पत्थरीको समस्या देखिने गरेको छ। हामीले खाने दैनिक खानामा ध्यान नपुर्‍याउँदा पत्थरी हुने धेरै सम्भावना हुने गर्छ।

माछा–मासुजस्ता खाद्यपदार्थ बढी खानाले पिसाबमा युरिक एसिडको मात्रा बढ्न गई पत्थरी हुने चिकित्सकहरूले बताउँदै आएका छन्।

त्यसैगरी कफी, चिसो पदार्थ, चियाजस्ता पेय पदार्थ पिउनाले पिसाबमा क्याल्सियमको मात्रा बढ्न गई मिर्गौलामा पत्थरी हुने गर्दछ। मिर्गौलाको जोडी पिठ्युँको मध्यभागमा करङको ठीक मुनि रहेको हुन्छ। मूत्राशयको पत्थरी मूत्राशयमा मिनरल्स फिल्टरीकरण हुने कारणले हुन्छ।

साथै, पिसाबमा पानीको मात्रा कम हुँदा पनि पत्थरीको समस्या देखिन्छ। मिर्गौलामा क्याल्सियम, फोसफेट अक्जालेट र युरिक एसिड गरी चार पत्थरीहरू हुने गर्दछन्। हाम्रा केही गल्ती र लापरबाहीका कारण मिर्गौलामा समस्या उत्पन्न हुने गर्दछ।

जंक फुड खानाले, रातो मासु धेरै सेवन गर्दा मिर्गौलामा पत्थरी हुने सम्भावना हुन्छ। त्यसैगरी, मोटोपना, मधुमेह, कालेस्ट्रोलले गर्दा मिर्गौलामा पत्थरीको समस्या बढिरहेको छ। मूत्रनलीको रोग, चोट, मूत्रनलीमा कुनै चोट लागेको छ वा रोग लागेको छ भने पनि त्यसको कारणले पिसाब बाहिर आउँदैन। यसै कारणबाट पनि पत्थरी निमार्ण हुन जान्छ।

पत्थरीका लक्षण के हुन् ?

पत्थरी हुँदा धेरै पेट दुख्ने पहिलो कारण हो। पटकपटक ट्वाइलेट जानुपर्ने बाध्यता पनि मुख्य कारण हो। पिसाब धेरै आउनु र पिसाब रोक्न नसक्नु पनि पत्थरीको कारण हो। पिसाब गर्ने बेलामा पिसाब पोल्नु अर्को संकेत हो। पिसाबबाट रगत आउनु, छटपटी हुनु, भोक नलाग्नु, ज्वरो आउनु जस्ता लक्षण पनि पत्थरीका हुन्।

पत्थरी हुनुभन्दा अगाडि हात खुट्टा दुख्ने, शरीरमा पानीको मात्रा कमी महसुस हुने, बायाँ वा दायाँ खुट्टा गल्ने जस्ता समस्या पनि देखिन्छन्।

उपचार विधि

यी माथिका लक्षणहरू देखा पर्नेबित्तिकै तुरुन्तै अस्पताल जानुपर्छ। डाक्टरको सल्लाहअनुसार पत्थरीको संख्या, प्रकृति हेरी उपचार विधि अपनाउने गर्नुपर्छ। उपचारमा शल्यक्रिया नै चाहिन्छ भन्ने छैन, तर पत्थरी ठूलो रहेछ भने शल्यक्रिया गर्नुपर्दछ।

त्यसैगरी, ससना पत्थरी रहेछ भने पानी वा अन्य झोल खानेकुरा खाएर पिसाबबाट बगाउन सकिन्छ। तर, औषधि सेवनबाट यसको दीर्घकालीन समाधान हुँदैन।

आजकाल ल्याप्रोस्कोपी, युरेट्रोस्कपीजस्ता नयाँ प्रविधि आएका छन्। जसले सजिलैसँग पत्थरीलाई निकाल्न सकिन्छ।

पत्थरी भएको पत्ता लगाउने तरिका

पत्थरी सही चिकित्सकको गएर जाँच गराउनुपर्छ। जाँच गराएपछि त्यसले कुन उपचार विधि अपनाउने भन्ने बारेमा सही जानकारी दिन्छ।

बिरामीको लक्षणअनुसार शरीरको जाँचका आधारमा पिसाबको जाँच गर्नुपर्छ। मिर्गौला, पिसाब थैलीको एक्सरे आदि गरेर पत्थरी भए नभएको पनि थाहा पाउन सकिन्छ।

राम्ररी जाँच गराएर अप्रेसन गर्ने वा अरु विधिबाट पत्थरी हटाउने भन्ने विषयमा चिकित्सकलाई निक्र्यौल गर्न पनि सजिलो हुन्छ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ११ : ५७ बजे

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका

चिकित्सकमाथिको हिंसामा शून्य सहनशीलता, स्वास्थ्यकर्मीलाई सेवा सुचारु राख्न मन्त्रालयको आग्रह

काठमाडौं– नारायणी अस्पताल,वीरगञ्जमा बिरामीको उपचारका क्रममा निधन भएपछि भएको तोडफोड

कहाँसम्म पुग्ला ओली–प्रचण्ड गठबन्धन ?

काठमाडौं– राजनीतिमा समीकरण परिवर्तन, पार्टी विभाजन र पुनः ध्रुवीकरण कुनै

काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित

काठमाडौं– काभा (सेन्ट्रल एसियन भलिबल एसोसिएसन) पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल उज्वेकिस्तानसँग