जलवायु परिवर्तन र मानवीय गतिविधिले मत्स्य व्यवसाय संकटमा | Khabarhub Khabarhub

जलवायु परिवर्तन र मानवीय गतिविधिले मत्स्य व्यवसाय संकटमा


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मायादेवीका स्थानीय रामप्रकाश मल्लाह एक दशक बढीदेखि माछा मार्दै जीविकोपार्जन गर्दै आएका थिए । जलाशयमा माछा पाउन छोडेपछि आजकल उनी ज्याला मजदुरी गरेर परिवार पाल्छन् । आफ्नो पुर्ख्यौली पेसा छोडेर अन्य पेसा अंगाल्नु पर्दा खिन्न लागेको भएपनि जलाशयमा माछा पाउनै छाडेकाले कुनै विकल्प नभएको उनी बताउँछन् ।

सोही स्थानका सुग्रीम मल्लाहको अवस्था फरक छैन । तिनाउ, दानव लगायतका नदीमा जाल हान्दै माछा मार्दै आएका उनलाई आजकल त्यहाँ दुईचार माछा भेटाउन पनि धौ धौ पर्न थालेको छ । ‘यहाँको खोलामा आजकल माछा भेट्नै मुस्किल छ, हाम्रो पेसा त अब जीवित रहनै सक्दैन’ सुग्रीमले दुख व्यक्त गरे । ‘परपरसम्मका खोलाहरुमा पनि माछा त्यति पाइँदैन ।’

रुपन्देहीको दानव, तिनाउ, डण्डा, कंचन रोहिणीजस्ता खोलामा अहिले माछा पाउन दिनप्रतिदिन मुस्किल हुँदै गएको स्थानीय माझी परिवारको गुनासो छ । यो पेशा लोपोन्मुख हुँदै छ । मानवीय गतिविधि, नदिनालाप्रतिको हेलचेक्रायाईं र जलवायु परिवर्तनको असरले जलचर प्राणीहरू संकटमा परेको विज्ञ बताउँछन् । यस्ता कारणले माछा प्रजातिको प्रजननमै असर पुग्नुलाई उनीहरू निकै चिन्ताको विषय मान्छन् ।

जलवायु परिवर्तनले माछाको प्रजननमै असर परेको देखिन्छ । फरक जलवायुले निम्त्याउने बाढीले गर्दा प्रजननका लागि जलाशयमा माछाले बनाएको खाल्डा पुरिन थालेको छ । पानीको तापक्रम बढ्नुले माछाको अण्डामा असर परेको बताइएको छ । ‘प्रजनन शक्ति नष्ट हुनु, सिमासार क्षेत्र सुक्नु र जलस्रोतबाट पानी अस्वाभाविक रुपमा निकालिँदा अण्डाहरु पनि सँगसँगै जानु निकै चिन्ताजनक विषय हो’ कृषि अनुसन्धान परिषद् (नार्क) का पूर्व कार्यकारी निर्देशक तथा माछा विज्ञ डाक्टर टेकबहादुर गुरुङले भने ।

सिमसार क्षेत्र सुक्नु, कृषिमा राखिने रसायन तथा विषाधि, औधोगिक फोहोर, डम्पिङ साइट खोला नजिकै हुनु पनि माछाको लागि निकै हानीकारक रहेको उनले बताए ।

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त निर्देशक डा. प्रवेज आलमले पनि उक्त कुरामा सहमत छन् । उनका अनुसार पनि प्राकृतिक जलाशयमा विभिन्न मानवीय गतिविधि तथा जलवायु परिवर्तनले गरेर स्थानीय जातको माछा नष्ट हुदै गएका छन् । ‘यो साँच्चै गम्भीर विषय हो । जलचर प्राणीमा धेरैखाले प्राकृतिक असर हुँदै छ । माछाको संरक्षण र प्रवर्द्धन गर्न उन्नत जातका र स्थानीय जातका माछाका भुरा प्राकृतिक जलाशयमा हालेर सुद्धृढीकरणको अभियानमा हामी लागेको छौं’ उनले भने ।

नेपाल माछाको उत्पादनको अवस्थामा आत्मनिर्भर तर्फ उन्मुख भएपनि लुम्बिनी प्रदेशबाट अन्य प्रदेशमा माछा निर्यात हुने गरेको छ । आत्मनिर्भरका लागि विभिन्न कार्यक्रम र आयोजनामार्फत अघि बढेको उनले बताए ।

माछाका लागि आवश्यक पर्ने तापक्रम तथा पानीमा भएको उतार चढावका कारण प्रत्यक्ष रूपमा माछाको स्वभाव र शारीरिक वृद्धि र विकास, प्रजनन् र बसाईसराइमा असर पारेपछि माछाको उत्पादकत्व घट्न थालेको विज्ञहरूको भनाइ छ ।

अप्रत्यक्ष रूपमा जलासयको उत्पादकत्व, संरचना, आहारा, बास तथा यसको तनावले पनि मत्स्य र मत्स्यपालनको क्षेत्रमा समस्या बढेको छ । जलवायु परिवर्तनका कारण मत्स्य श्रोतको उत्पादकत्व मात्र नभई जातीय विविधता लोप हुने खतरा बढेको पाइएको छ । असला, शहर कत्ले, गर्दी जस्ता ठूला ठूला माछाले खानेकुराको कमी भएमा र शत्रुबाट बच्न र प्रजननका लागि लामो दूरीसम्म पनि आप्रवासन गर्नुपर्ने हुन्छ । तर, उनीहरुको यात्रामा आजकल प्रशस्त अवरोध देखिन्छ । मानवीय क्रियाकलाप, डयाम र जलस्रोतमै कंक्रिटको विकासले गर्दा उनीहरु निर्वाध यात्रा गर्न पाउँदैनन् । फलस्वरुप ती प्रजातिका माछाहरु थप संकटमा पर्दै गएका छन् ।

यीनै कारणहरुले गर्दा माछापालन व्यवसायमा पनि असर परेको, उत्पादकत्व घटेको किसानहरु बताउँछन् । त्यसैगरी, बढ्दो तापक्रमले उही स्थानमा पनि प्रत्येक वर्षमा उत्पादन हुने माछाको जात पनि फरक पर्न थालेको छ । यसले समयअनुसार भरपर्दो मत्स्य बीज आपूर्ति नहुँदा पनि मत्स्य उत्पादनमा असर परेको मत्स्य क्षेत्रका जानकारहरु बताउँछन् ।

रुपन्देहीमा विगत ७ वर्षदेखि माछा सुपरजोन कार्यक्रम लागु भई माछाको व्यवसाय प्रवर्द्धनगर्दै प्राकृतिक जलाशयमा परम्परागत र स्थानीय माछाको सम्बर्द्धनमा कृषकहरुका लागि सहयोग गर्दै आएको छ । यसलाई सरकारले पनि प्राथमिकतामा नराखेको हैन । तैपनि सरकारको चासो र कार्यक्रम प्रशस्त नभएको स्थानीयको गुनासो छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  २ : ४१ बजे

आम चुनावभन्दा पहिला अधिवेशन गराउनुपर्छ : शशांक कोइराला

जनकपुर– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले २०८४ को आम निर्वाचन

मिति टुंगो नहुँदै कांग्रेस नेताहरूलाई महाधिवेशनको हतारो

काठमाडौं– १५औँ महाधिवेशनका लागि मिति तय नहुँदै नेपाली कांग्रेसका नेताहरू

आजका समाचार : कुलमानलाई फेरि स्पष्टीकरण, भेटवार्तामा व्यस्त परराष्ट्रमन्त्री र ट्रम्प-म्याक्रोन भेटवार्ता

छात्रवृत्तिमा आवेदन दिनेको संख्या नै पुगेन, प्रधानमन्त्रीले निकाले सूचनाशिक्षा शिक्षा,

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्री, पर्व, २०८१

सेना दिवसको पूर्वसन्ध्यामा मैत्रीपूर्ण फुटबल

जनकपुरधाम– मधेश प्रदेशको राजधानीमा सेना दिवसको पूर्व सन्ध्यामा मैत्रीपूर्ण फुटबल