भाडादर बढाएको भन्दै उद्योग महासंघद्वारा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा तालाबन्दी « Khabarhub

भाडादर बढाएको भन्दै उद्योग महासंघद्वारा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा तालाबन्दी


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडादर वृद्धि गरेको भन्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले तालाबन्दी गरेको छ ।

महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा भाडादर फिर्ताको माग गर्दै आज तालाबन्दी गरेको हो । असमान अन्यायपूर्ण तथा विभेदकारी भाडावृद्धिको खारेजी, सबै उद्योगमा एकल भाडादर कार्यान्वयन, वार्ता र सहमतिमा नयाँ भाडादर निर्धारणजस्ता माग राखेको छ ।

निर्यात प्रवर्द्धन गर्ने र उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लिएको निकायले नै जिम्मेवारीबाट पन्छिँदै उद्योगीमाथि भार थोपर्ने कार्य गरेको भन्दै महासंघले विरोध जनाएको हो ।

औद्योगिक प्रवर्द्धन एजेन्सीको रूपमा काम गर्नुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योग नै चल्न नसक्ने गरी भाडावृद्धि गरेको महासंघको ठहर छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  २ : ५७ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले