मूल्यमा सीमा तोक्ने कुनै पनि देशलाई तेल बेच्दैनौँ : पुटिनले « Khabarhub

मूल्यमा सीमा तोक्ने कुनै पनि देशलाई तेल बेच्दैनौँ : पुटिनले


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रूसी तेलको मूल्यमा सीमा तोक्ने कुनै पनि देशलाई तेल नबेच्ने राष्ट्रपति भ्लादिमिर पुटिनले जनाएका छन् । उनले तेल उत्पादन घटाउने विचार गरिरहेको समेत बताए ।

युक्रेनमा जारी युद्धमा रुसको आर्थिक क्षमतालाई घटाउने उद्देश्यले सोमबार ग्रुप अफ सेभेन, युरोपेली युनियन र अष्ट्रेलियाले रुसी तेलको मूल्य प्रति ब्यारेल ६० डलर सीमा तोकेका छन् ।

‘हामी यस्तो निर्णय गर्ने देशहरूलाई तेल बेच्दैनौं भनेर मैले पहिले नै भनेको छु’ पुटिनले किर्गिस्तानको राजधानी बिस्केकमा क्षेत्रीय शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा भने ।

‘आवश्यक परेमा हामी उत्पादनमा सम्भावित कमीको बारेमा पनि विचार गर्नेछौं’ उनले भने । मूल्य सीमालाई पुटिनले ‘विश्व ऊर्जा बजारका लागि हानिकारक र मूर्खतापूर्ण निर्णय’ को संज्ञा समेत दिएका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ३ : १३ बजे

वायु प्रदूषणले नेपालमा बर्सेनि ४२ हजार जनाको मृत्यु

काठमाडौं- वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको

निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन

काठमाडौं- स्वच्छ निर्वाचनका लागि नागरिक अभियानले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का अध्यक्ष

रवि लामिछानेले ओलीका स्वर्गीय पितालाई दिए श्रद्धाञ्जली

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट पार्टी

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

राँझा– भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत तरिकाले भूमि