सेयर बजार घट्यो « Khabarhub

सेयर बजार घट्यो


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजार घटेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक ३१.९७ अंकले घटेर १८८५.३१ विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.२८ अंकले घटेर ३६७.३६ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०३ कम्पनीको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १० करोड ३४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा सिभम सिमेन्ट शीर्ष स्थानमा छ । यसको १० करोड ९३ लाखभन्दा बढीको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नविल बैंक र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ ।

अघिल्लो साताको कारोबारको अन्तिम दिन बुधबार सेयर बजार १६.६१ अंकले ओरालो लागेको थियो । बिहिबार भने सरकारले योः मरी पुन्हीँको बिदा दिएको हुनाले नेप्से बन्द रहेको थियो ।

नेप्से उपसूचक कारोबार राताम्मै भएको छ । सबैभन्दा धेरै बैंकिङमा २.३० प्रतिशतले ओरालो लागेको हो । आइतबारको कारोबारमा सिवाइसी नेपाल लघुवित्त र सम्मीट लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ३ : ५० बजे

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा

‘अनलाइन पोर्टल’ मार्फत समस्या दर्ता गराउन नेपाली दूतावास यूएईको आग्रह

काठमाडौं – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीस्थित नेपाली दूतावासले वैदेशिक

नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण (तस्बिरहरू)

काठमाडौं – नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा गौरीकुमारी यादव र

आयल निगमलाई पाक्षिक ७ अर्ब ८२ करोड घाटा

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थ विक्रि गर्दा पाक्षिकरुपमा ७

उपसभामुख ठाकुरले लिइन् शपथ (तस्बिरहरू)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सभामुख डोलप्रसाद अर्यालबाट नवनिर्वाचित