विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव | Khabarhub Khabarhub

विषादीको प्रयोगमा सावधानी अपनाउन सुझाव


२५ मंसिर २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर- जीवनाशक विषादीको प्रयोग सावधानीपूर्वक गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन् । ‘टाढा र नजिक’ दुवै ठाउँमा राख्न नसकिने यस्ता विषादी प्रयोग गर्दा वातावरणमैत्री र जनस्वास्थ्यमा असर नपर्ने विधि अवलम्बन गर्नुपर्ने उनीहरूको सुझाव छ  ।

ललितपुरको हरिहर भवनस्थित प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्रद्वारा आज यहाँ आयोजित जीवनाशक विषादी ऐन तथा नियमावलीसम्बन्धी विषादी विक्रेता, आयातकर्ता र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा व्यक्त गरेका हुन् ।

विषादी कृषि उत्पादनका लागि अति आवश्यक भए पनि यसको मात्रा दिनप्रतिदिन घटाउँदै लैजानुको विकल्प नरहेको भन्दै उनीहरूले ऐन तथा नियमावलीमा उल्लेखित ब्यहोरा  पूर्ण पालना गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रदेश नं १ र मधेस प्रदेशका विषादी व्यवसायी, आयातकर्ता र सरोकारवाला गरी ३० जना सहभागी रहेको सो गोष्ठीमा प्रदेश नं १ का कृषि मन्त्रालयका कानुन अधिकृत शङ्कर बाराकोटीले विषादी ऐन र नियमावलीका बारेमा कार्यपत्र प्रस्तुत गरे ।

नेपालमा बर्सेनि करिब आठ सय ३१ मेट्रिक टन जीवनाशक विषादी आयात हुने गरेको छ । एक सय ६५ प्रकारका त्यस्ता विषादीमा २४ प्रकारको विषादी आयात हुन सरकारले प्रतिबन्ध लगाएको वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोखरेलले जानकारी दिए ।

गोष्ठी उद्घाटन गर्दै प्रदेश नं १ कृषि सचिव मेघनाथ तिमल्सेनाले नेपालमा २०५१ सालमा जीवनाशक विषादी ऐन तर्जुमा भएको चर्चा गर्दै यस्तो विषादी प्रयोगकर्तासम्म ऐनमा उल्लेखित विषयमा  जानकारी गराउनु अपरिहार्य भएको बताए । उनले वातावरण र जनस्वास्थ्यमा प्रतिकूल असर पार्ने विषादी प्रयोगमा सावधानी अपनाउनुपर्नेमा जोड दिए ।

केन्द्रकी प्रमुख सावित्री बरालले विषादी व्यवसायीले आफ्नो व्यवसायसँगै दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै यस क्षेत्रमा देखिएका समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउनुपर्ने धारणा व्यक्त गरिन् । कार्यक्रममा विषादी व्यवसायी सङ्घका केन्द्रीय उपाध्यक्ष अनिलकुमार साहले ऐनमा उल्लेखित कुरा र मार्गदर्शनअनुरूप कार्य गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २५ मंसिर २०७९, आइतबार  ४ : ०२ बजे

जेन जी पुस्ताको आन्दोलनमा बालेनले गरे समर्थन

काठमाडौं– सोमबार राजधानी काठमाडौं लगायत देशभर स्वतः स्फूर्त रूपमा आह्वान

सामाजिक सञ्जाल बन्दबारे प्रधानमन्त्रीले भने- देशलाई हेपेको सहन सकिँदैन

पाटन– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा

११ अंकले घट्यो नेप्से, कारोबार कति ? 

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.३२ अंकले घटेको छ

प्रभावकारी सेवा प्रवाहमा मन्त्री न्यौपानेको जोड

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रभावकारी सेवा प्रवाहलाई

वाणिज्य विभागले अब प्रदेश र स्थानीय सरकारसँग मिलेर बजार अनुगमन गर्ने

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अब सरकारका